Comments Add Comment

सीके राउतविरुद्ध राज्य विप्लवको मुद्दा, ६ दिन थुनामा राख्न अनुमति

३ बैशाख, भैरहवा । जिल्ला अदालत रुपन्देहीले देश विखण्डनको अभियान चलाउने डा. सिके राउतलाई ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत सिराहाले १० हजार धरौटीमा छाडे लगतै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

आइतबार विहान भैहरवा पुर्‍याइएका राउतविरुद्ध राज्य विप्लवको मुद्दा दायर गरिएको छ । अदालतले उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

राउतलाई म्याद थपका लागि अदालतमा हाजिर गराउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने पत्रकारहरुलाई अदालत परिसरबाट बाहिर निकालिएको थियो ।

राउतको विषयमा प्रहरीले केही जानकारी दिन मानेको छैन । प्रहरीले राउतसहित ७ जनाविरुद्ध जिल्ला अदालतमा राज्य विप्लवको मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment