Comments Add Comment

१९औं शताब्दीकी एक्ली प्रतिनिधिको ११७ बर्षको उमेरमा निधन

३ बैशाख, काठमाडौं । विश्वकै सबैभन्दा पाको व्यक्ति मानिएकी इटलीकी एम्मा मोरानोको शनिबार ११७ वर्षको उमेरमा निधन भएको छ । उनी १९ औं शताब्दीकी एक्ली प्रतिनिधि थिइन् ।

राइट दाजुभाइले पहिलोपटक जहाज उडाउनुभन्दा चार वर्षअगाडि सन् १८९९ को नोभेम्बर २९ मा जन्मिएकी मोरानो थिइन् मोरान्नो । उनी एक सय १७ वर्ष १ सय ३७ दिन पुरानी भएर बितिन् ।

तीन शताब्दी देखेकी उनले यस क्रममा दुई विश्वयुद्ध भोगिन् र ९० वटाभन्दा बढि इटालियन सरकार फेरिन् । पछिल्लो समय उनको आहारा दैनिक दुईवटा काँचो अण्डा थियो ।

आफ्नो ११७ औं जन्मदिनमा उनले रोयटर्सलाई भनेकी थिइन्, ‘मेरो जीवन त्यति सुन्दर भएन ।’

आफूले माया नगर्ने व्यक्तिसँग बिहे गर्नुपरेको उनले बताएकी थिइन् । उनले १९३७ मा छोरालाई जन्म दिइन् तर, जन्मेको ६ महिनामै छोराको मृत्यू भयो । १९३८ मा उनले श्रीमानसँग सम्वन्धविच्छेद गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment