
Photo Credit : ANI
७ चैत, काठमाडौं । भारतका एक प्रहरी जवानले आफ्ना तीन साथीको हत्या गरेर आफूले आत्महत्या प्रयास गरेका छन् ।
जम्मुकश्मिरस्थित उधमपुर भन्ने स्थानको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को बट्टल बल्लिया क्याम्पमा गएराति १० बजे यो घटना भएको हो ।
कानपुर घर भएका अजित कुमारले क्याम्पमा राइफल चलाएर तीन जनाको हत्या गरेपछि आफूलाई गोली हानेका थिए । उनको गम्भीर अवस्थामा जिल्ला अस्पतालमा उपचार जारी छ ।
अजित कुमारले किन गोली चलाए भन्ने खुलेको छैन । सीआरपीएफ बटालिएन कमान्डिङ अफिसर हरिन्द कुमारले घटनाको आन्तरिक अनुसन्धान सुरु गरिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4