Comments Add Comment

आमिर खानले अडिसनबाटै फाले सारालाई, आमा छोरीको मुडअफ


बलिउड डेब्यूको तयारीमा रहेकी सैफ अली खानकी छोरी सारालाई गतिलो झट्का लागिको छ । उनी एउटा फिल्मको अडिसनबाट फालिएकी छिन् । त्यो पनि चानचुने फिल्म होइन ।

त्यसो त साराले करण जौहरले बनाउने फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड डेब्यू गर्ने पक्का भइसकेको छ । तर, उनकी आमा अमृता सिंह चाहन्छिन् कि छोरीले ठूला स्टारसँग काम गरुन् । त्यसैले उनले आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्ता’ मा अडिसनका लागि सारालाई पठाएकी थिइन् ।

तर, आमिर खानले सारालाई पत्याएनन् । ‘तिम्रो फिल्म खेल्ने बेला भएको छैन’ भन्दै घर फर्काइदिए । यसबाट साराका आमाछोरीको मुडअफ भएको छ ।

यसअघि साराले आफ्नो पहिलो फिल्ममा तीन विकिनी सिन दिने चर्चा चलेको थियो । तर साराकी आमा अमृताले सो चर्चाको खण्डन गरेकी छिन् । उनले भनेकी छिन् कि सारा प्रदर्शनको बलमा होइन, आफ्नो अभिनयबाट चिनिनेछिन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment