Comments Add Comment

डिजाइनर समा बानुको टिप्सः गर्मीमा यसरी देखिने फेसनवेल

फेसन पारखीहरु गर्मी (समर) मौसमलाई बढी अनुकुल मान्छन्, फेसनका लागि । यतिबेला फेसनमा नयाँ-नयाँ प्रयोग गर्न सकिन्छ । थरीथरीको डिजाइन र रंगबिरंगी परिहनमा स्टाइलिस लुक्स पस्कन सकिन्छ ।

यो मौसममा यस्तो पहिरन छनौट गर्न सकिन्छ, जो आरमदायक हुनका साथै फेसनेवल पनि देखियोस् ।

ब्राइट वा कलरफुल

–     यतिवेला ब्राइट कलर ठीक हुन्छ, जसले घामको किरण परावर्तन गरेर शरीरमा गर्मी हुन दिदैन ।

–     सबैतिर हरियाली हुने, रंगबिरंगी फूलहरु फूल्ने भएकाले सोहि पृष्टभूमिसँग मिल्नेगरी कलरफुल परिहन लगाउन सकिन्छ ।

–     पहिरनको रंग गाढा हुनुहुँदैन, हल्का उज्यालो हुनुपर्छ । हरियो, रातो, पहेंलो, निलो जस्तो रंग भएपनि ब्राइट कलरको हुनुपर्छ । यसले कुल लुक्स दिन्छ ।

कटन फेब्रिक

–     फेब्रिकको कुरा गर्दा गर्मीमा कटन नै सर्बोत्तम हुन्छ । यसले शरीरमा सितल महसुष गराउँछ ।

–     यसले छालालाई कुनैपनि किसिमको असर गर्दैन । यो हेल्थ फ्रेन्ड्ली पनि हुन्छ ।

–     लिनेन, मलमल, सिफन पनि गर्मीको लागि उपयोगी हुन्छ ।

–     अक्सर गर्मीमा कपडा छनौट गर्दा हल्का, नरम र लुज हुनुपर्छ ।

डिजाइन

–     गर्मीमा कुनैपनि डिजाइन ट्राइ गर्न सकिन्छ । यद्यपी, त्यो भद्दा र असहज भने हुनुहुन्न ।

–     गर्मीमा क्याजुअल वेयरको रुपमा वानपिस, जम्प सुट, स्कर्ट, टप्स तथा पाइन्ट, हाफ पाइन्ट आदि डिजाइन ठीक हुन्छ ।

कसरी देखिने फेसनेवल

–     गर्मीको पहिरन धेरै भड्किलो हुनुभएन, धेरै भद्दा पनि । हेर्दा छरितो र कुल देखिने हुनुपर्छ ।

–     आफ्नो शरीरसँग मिल्ने किसिमको पहिरन उपयुक्त हुन्छ । सन ग्लास लगाउनुहोस्, जसले स्टाइलिस देखिनका साथै आँखाको सुरक्षा पनि गर्छ ।

–     एकै कलरको पाइन्टसँग फेब्रिक टप्स वा एकै कलरको टप्ससँग प्रिन्टेट स्कर्ट लगाउन सक्नुहुनेछ ।

–     दोपट्टा, स्कार्फको प्रयोगले पनि तपाईलाई फेसनेवल देखाउँछ ।

–     प्राकृतिक फेब्रिकले बनेको उज्यालो लेयरयुक्त कपडा पनि यो सिजनमा राम्रो हुन्छ ।

–     जिन्ससँग पनि लामो स्ट्रेट कुर्ता वा छोटो कुर्ता लगाउन सकिन्छ, यसले फरक लुक्स दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment