Comments Add Comment

मोटोघाटो पनि कुपोषित हुन्छन् ?

कुपोषण भन्नसाथ हामी उपयुक्त खानपानको अभावमा सुक्दै गएको लिखुरे ख्याउटे ज्यान सम्झन्छौं । तर, खाना नपुगेर मात्र कुपोषण हुन्छ भन्ने बुझाई भने गलत हो । किनभने कुपोषण त्यहाँ पनि हुन्छ, जहाँ खाना पर्याप्त छ । पुग्दो छ ।

अमेरिकाजस्तो देशमा समेत कुपोषित छन् भन्दा धेरैलाई अचम्म लान्न सक्छ । तर, सत्य के भने ७० प्रतिशत अमेरिकी नागरिकमा कुपोषणको समस्या छ ।

के हो कुपोषण ?

शरिरमा पोषक पदार्थको कमी, वढी वा असन्तुलन भएमा कुपोषणको समस्या हुने गर्छ । शरीरमा शक्ति कमी भएर हुने कुपोषणलाई ख्याउटेपन भनिन्छ । त्यस्तै, शक्ति बढी भएर हुने कुपोषणलाई मोटोपना भन्ने गरिन्छ ।

नेपालको शहरी क्षेत्रमा पोषणका बढी वा असन्तुलनको कारण कुपोषणको समस्या देखिने गरेको छ । यसले अनेक प्रकारका रोग पनि बढाउदै लगेको छ । यसकै कारण मधुमेह, इस्केमिक मुटु रोग, मिर्गौलामा समस्या, फ्याट्टी लिभर (कलेजोमा वोसो जम्ने), पाइल्स, कब्जियत जस्ता समस्या कुपोषणकै प्रभाव हो ।

कुपोषणले लाग्छन् यस्ता रोग

आरेम कार्की

ग्लोवल वर्डेन अफ डिजीज स्टडिजकाअनुसार नेपालमा सवैभन्दा बढी मानिसको इस्केमिक मुटु रोगको कारण हुने गर्छ । यो रोग लाग्ने मुख्य कारण भनेकै डाइटमा इनर्जी र ˆयाटको मात्रा वढी प्रयोग गर्नु हो । चुरोट, रक्सी, तनाव र शारिरिक व्ययामको कमि पनि यो रोगको कारण हो ।

डाइटमा फाइबर, उमेगा ३ ˆयाट्टी एसिडको कमिले पनि जटिलता निम्त्याउने गर्छ । यस्तो रोगलाई नियन्त्रण गर्नका लागि आवश्यकताअनुसार पोषक तत्वको सन्तुलन मिलाउन आवश्यक हुन्छ । यसो गरेमा विना औषधी विभिन्न किसिमका रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

कुपोषणले लाग्ने अर्को रोग भनेको पाइल्स हो । लामो समयसम्म डाइटमा फाइबर नामक पोषक तत्वको कमि भएमा पाइल्सले आक्रान्त बनाउँछ । त्यसैले दैनिक रुपमा फाइबरयुक्त खानेकुरा -फलफूल, सागसब्जी, रिफाइन नगरेका अन्न र अन्नजन्य पदार्थ)को सेवन गर्न आवश्यक हुन्छ । शहरी क्षेत्रमा पाइल्सको कारण धेरै मानिस तनावमा भए पनि यो कुपोषण हो भन्ने कुरा चाही धेरै कमलाई मात्र थाहा हुन सक्छ । एक पटक यस्तो खालको कुपोषण भएता पनि खानामा फाइबरको मात्रा बढाउँदै जाने हो भने छिटै निको हुने गर्छ ।

त्स्तै मधुमेह पनि शक्ति, कार्वोहाइड्रेट र ˆयाटको मात्रा डाइटमा बढी भएपछि हुने समस्या हो । ग्लोवल वर्डेन अफ डिजीज स्टडिजको रिपोर्ट अनुसार नेपालमा मृत्यू हुने कारणको ११ औँ स्थानमा मधुमेह छ । र, मधुमेहको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

विभिन्न शारीरिक समस्याको कारण मानिसलाई उच्च रक्तचापको समस्या हुन्छ । सोडियम नामक पोषक तत्वको कमीको कारण पनि रक्तचापको समस्या हुन्छ । त्यसैले पनि उच्च रक्तचाप हुँदा नुनको मात्रा कम लिन सल्लाह दिन्छन् ।

शहरी क्षेत्रमा दाँत किराले खाने समस्या पनि बढ्दो छ । यसको कारण भनेको दैनिक रुपमा चिनीको मात्रा आवश्यकताभन्दा बढी प्रयोग गर्नु हो । चिनी पनि पोषण तत्व हो । दैनिक रुपमा खाइने रिफाइन गरिएको अन्न, चिसो पेय पदार्थ र चिनि भएका अन्य खानेकुराहरुको मात्रा बढी भएमा दाँत किराले खाने समस्या हुने गर्छ ।

लेखक पोषणविद् हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment