- Home
- स्वास्थ्य-जीवनशैली
- फेसन
फेसन
त्यसो त ढाका टोपी नेपालीको आफ्नै मौलिक र राष्ट्रिय परिधानकै एक हिस्सा हो । हिमाली टाकुरा झै शीरमा ढाका टोपी ढल्काउनु नेपाली हुनुको आत्म–गौरव पनि हो । यही ढाका टोपी सर्वोत्तम उपहार हो, चेलीले माइतीलाई दिने । खासगरी तिहारमा चेलीले माइतीका लागि उपहार दिने प्रचलन छ । र, यसका लागि सर्वोत्तम मानिन्छ ढाका टोपीलाई । […]
खस्रो-फुस्रो एक व्यक्ति, जो कहिल्यै सुकिलो-मुकिलो देखिएनन् । दुनियाले उनलाई चिन्छन्, तर दुनियासँग उनलाई मतलब छैन । त्यसैले त कहिले टाउजर त कहिले हाप पाइन्ट लगाएर चप्पल पड्काउँदै देश–दुनिया परिक्रमा गर्छन् । चम्किला टेलिभिजन सेटहरुमा होस् वा भव्य मञ्चहरुमा उनको हुलिया बद्लिदैन, उस्तै हुन्छ । किनकी उनलाई आवरणमा चिप्लोचाप्लो देखिनुछैन, बनावटी बन्नुछैन । उनलाई चिरिच्याट्ट […]
काठमाडौं । लकडाउनका कारण बन्द रहेको महाराजगञ्जस्थित सुबेग फेसन हाउस खुलेको दुई साता भयो । सरकारले लकडाउन पूर्ण रूपमा अन्त्य भएको घोषणा गरेसँगै बजारमा बाक्लै चहलपहल बढेको थियो । पूर्णतः भारतीय कपडा बिक्री गर्ने यो फेसन घरमा भारतबाट तीजको लागि ल्याउनुपर्ने सामान पनि यही मौकामा केही भित्र्याइएको थियो । तर केही दिनदेखि बिस्तारै ग्राहकको संख्या […]
हामीमध्ये धेरैजसो घरभित्र छौँ। फुर्सदमा छौँ । के गरेर दिन कटाउने ? घरमै कामधन्दा नभएकाहरुका लागि पट्यारलाग्दो अवस्था होला। जाँगर भए घरको बसाइँ दिक्क लाग्दो हुनेछैन । अनुत्पादक हुने छैन । जाँगर र सीप हुनुपर्छ । नयाँ-नयाँ रचनात्मक काम गरेर बस्न सकिन्छ। अहिले हाम्रो लुगाफाटो धोइरहनुपर्ने अवस्था छैन । घर बाहिर निस्कनु नपर्ने भएकाले नयाँ […]
प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै […]
केही न केही मात्रामा भए पनि चिरिच्याट्ट बन्नु हरेक मानिसको चाहना हुन्छ । तर, यो चाहना कसरी पूरा गर्ने भन्नेबारे धेरैमा अन्योल हुन्छ । यो अन्योल पूरा गर्न यहाँ केही उपाय उल्लेख गरिएको छ – १. कुनै पनि सामग्री विशेष अवसरमा मात्र नकिन्नु हामीमध्ये धेरै मानिसले विवाह, कुनै चाडपर्व, जमघट लगायतको अवसरको लागि मात्र केही […]
सामान्य जस्तो लाग्छ, तर कपडा धुने, सुकाउने, राख्ने कुरामा हामी उति ख्याल गर्दैनौं । त्यही कारण कपडा चाडै पुरानो हुन्छ । रंग उड्छ । कपडालाई लामो समयसम्म टिकाउन, त्यसको चमक कायम राख्नका लागि लुगा धुने, सुकाउने, राख्ने कुरामा ख्याल राख्नुपर्छ । यसका लागि केही काइदा छन् । १. सबैभन्दा पहिला कपडा धुनका लागि सधै माइल्ड […]
कुनै समय प्राचीन पहिरनमा मात्रै सजिने कोरियाली महिलाहरु सन् १९७० तिरको समयदेखि एकाएक पश्चिमेली शैलीका कपडाहरुले बजार खायो । शतकौं अघिदेखि सुरु भएको परम्परागत पोषाकहरु बिस्तारै थन्क्याउन थालियो । त्यो माहोलले २० वर्षभन्दा धेरै बजार खायो । तर, सन् १९९६ देखि मानिसमा पुनर्जागरण छाउन थालेको छ । हरेक महिनाको पहिलो शनिबारलाई हानबोक लगाउने दिनको रुपमा […]
फेसन भन्नसाथ हामी बजारमा चलेको ट्रेन्डलाई बुझ्ने गर्छौं । वा अरु मान्छे खासगरी सेलिब्रेटीले अपनाएको पहिरन शैलीलाई बुझ्ने गर्छौं । अरुलाई चिटिक्क र सुहाउँदो देखिएको पहिरन देखेपछि हामी लोभिन्छौं । अतः हामीपनि सोही किसिमको पहिरन शैली अपनाउने प्रयास गर्छौं । तर, एउटा व्यक्तिलाई जुन पहिरन सुहाउँछ, तपाईंलाई त्यो सुहाउँदो नहुन सक्छ । एउटा व्यक्तिको सौन्दर्य […]
सामान्यतया हामी गास, बास र कपासलाई अनिवार्य आवश्यकताको रुपमा मान्ने गर्छाैं । तर, यही आवश्यकतालाई महत्वाकांक्षाले घेरेपछि भने समाज बिस्तारै रवाफिलो बन्न थाल्छ । अनि हामीहरु देखाउनकै लागि भएपनि महंगा कपडाहरु लगाउन थाल्छौं । पछिल्लो समय काठमाडौं र उपत्यका बाहिरका समेत ठूला ठूला बजारहरुमा नयाँ फेसनको कपडामा लाखौं खर्च गर्नेहरुको जमात बढ्न थालेको छ । […]
यो मेरो टोपी ….. मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिलै पनि झुक्न नमान्ने मेरो टोपी….. नेपाली वीर जस्तो, नेपाली भीर जस्तो गोपाल योन्जनको यो गीत जतिबेला बजारमा चर्चित बनेर आयो भक्तपुरको चोफलका ४२ वर्षीय मधु श्रेष्ठले आफ्नै लागि गाइदिएको गीत जस्तो धेरै गुन्गुनाए । उनको काम गर्दाको धेरै […]
बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ? अब तपाईं एक कदम पछि हट्नुहुनेछ । किनभने भित्री बस्त्र खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्नुहुन्न । किनभने तपाईं-हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ । […]
फेसन के हो ? यस सन्दर्भमा एक भारतिय चर्चित फेसन डिजाइनरको जवाफ घतलाग्दो थियो । उनले भनेका थिए, ‘फेसन त्यही हो, जुन तपाईंलाई सहज लाग्छ ।’ आफुलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो । यस्तो पहिरनले तपाईंको आत्मविश्वास बढाउँछ । अर्थात पहिरनको कारण कुनै किसिमको झन्झट व्यहोर्नुपर्दैन । अहिले हामीकहाँ थुप्रै […]
प्रसँग हालसालैको हो । ३० वर्षीय प्रदीप कसिलो जिन्स पाइन्ट र टिसर्ट लगाएर आफ्ना साथीहरुसँग आफ्नो नयाँ कारमा घुम्न निस्किए । करिब चार-पाँच घण्टाको यात्रा पछि उनलाई आफ्नो खुट्टा निदाएको महसुस हुन थाल्यो । तर, साथीहरु सँगै भएका कारण उनले त्यसलाई बेवास्ता गरे । तीन दिनपछि घुमेर घर र्फकँदा उनलाई सास फेर्न समेत गाह्रो भयो […]
अधिकांश महिलाहरु तथा युवतीहरु आफ्ना हरेक प्रकारका पहिरनसँग सामान्य गुणस्तरका ब्रा लगाउने गर्छन् । तर, केही विशेष पहिरनका लागि भनेर विशेष ब्राहरु नै डिजाइन गरिएको हुन्छ । यदि त्यस्ता पहिरनसँग सही प्रकारका ब्रा लगाउनुभयो भने तपाईंलाई स्मार्ट, राम्री तथा पर्फेक्ट देखिनुहुनेछ । त्यसैले आज हामी कस्तो पहिरनसँग कस्तो प्रकारको ब्रा लगाउने भन्ने बारेमा केही जानकारीहरु […]
लामो समय इभेन्ट म्यानेज्मेन्टको क्षेत्रमा सक्रिय रहेका इभेन्ट मेनेजर, फेसन डिजाइनर, मोडल तथा केही म्युजिक भिडियो तथा फिल्ममा समेत अभिनय गरिसकेका व्यक्तित्व हुन् फूपु तेन्जिङ शेर्पा । फेसन तथा मोडलिङको क्षेत्रमा झण्डै डेढ दशक लामो अनुभवलाई शेर्पाले यतिबेला फेसनका बारेमा अध्ययन–अध्यापन गराउने संस्थातर्फ केन्द्रित गरेका छन् । हुन त उनी अहिले पनि प्यासिफिक इभेन्ट म्यानेज्मेन्टमार्फत […]
तपाईंको राम्रो जागिर छ । आफ्नो कामप्रति कुनै लापरवाही गर्नुहुन्न । तर, के तपाईंले आफ्नो पहिरनमा ध्यान दिनुभएको छ ? यदि तपाईं अफिसमा राम्रो जागिरेको साथ–साथै आफ्नो पहिरनमा पनि ध्यान राख्नुहुन्छ भने यसको अर्थ तपाईं परफेक्ट जागिरे हो । तपाईंको पहिरनले तपाईंको बारेमा बताउने गर्दछ । अफिसमा तपाईंको पहिरन कस्तो हुनुपर्छ भन्ने प्रश्न कठिन छ […]
मोटोपन सधैं सबैका लागि चिन्ताको विषय बन्छ । खासगरी फेसन पारखीहरुका लागि त मोटोपन अभिसाप नै हो । बढ्दो आधुनिकीरणसँगै अहिले शहर-बजारमा मोटोपनाको समस्या बिकराल बन्दै गएको छ । खासगरी विवाहित नारीहरु विवाहपछिको मोटोपनका कारण निकै चिन्तित देखिन्छन् । मोटो शरीर भएका महिलाहरु साडी लगाउन डराईरहेका हुन्छन् । तर, उनीहरुलाई साडीमा पनि स्लिम देखिन सकिन्न […]
नयाँ जुत्ता अथवा चप्पल लगाएको खुशी त्यो बेला दुःखमा परिवर्तन हुन्छ । जब खुट्टाको छाला नै तासिन्छ । हुनसक्छ, कहिलेकाहीँ तपाईंको खुट्टामा काहीँ हल्का काटिएको होस् । यी कारणले तपाईंले पनि दुखाईको अनुभव गर्नुभएको होला । कतिपय अवस्थामा नयाँ जुत्ता अथवा चप्पलले छालामा नै फोहोर बनाउने सम्भावना हुन्छ । त्यसले केही दिनसम्म निकै दुखाउँछ पनि […]
सुशीलाको विवाह तीस वर्ष अगाडि एउटा गाउँको युवकसँग भएको थियो । ती दिनहरुमा आफूले भोगेका कठिनाईलाई सुशीला प्राय: सम्झिरहन्छिन् । सुशीलाकी सासुले उनलाई हरेक समय टाउकोमा घुम्टो राखिरहन भन्थिन् । पढेलेखेकी सुशीलालाई त्यस्तो अवस्थामा रहन निकै कठिन थियो । विवाहको केही समयपछि सुशीला श्रीमानसँगै जागिरको सिलसिलामा शहर आएपछि सुशीलाले राहतको सास फेरिन् । सुशीला अब […]
दशैंको केही विशेषता छन् । जस्तो कि, यो पर्वको विशेष परिकार हो मासु । खासगरी खसीको पक्कु । भरपेट मीठो-मसिनो खाएपछि लिङ्गे पिङ खेलिन्छ । भनिन्छ, दशैंमा एकपटक भएपनि भुईँ छाड्नुपर्छ । यस्तै, अर्को मान्यता हो, नयाँ लुगा पनि । दशैंमा एकसरो नयाँ लुगा लगाउनुपर्छ भन्ने आम धारणा छ । यही धारणाको कारण यतिबेला पहिरनको […]