+
+
Shares

विश्वकै प्रख्यात जापनिज सेल्भेज डेनिम नेपालमा पनि

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ असार ९ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिक्षाले २०१९ मा मिथ ब्रान्डको स्थापना गरी जापानी सेल्भेज डेनिम नेपाली बजारमा ल्याइन्।
  • जापानबाट गुणस्तर र प्रक्रिया अध्ययन गरी मिथले प्रिमियम डेनिम उत्पादन गर्दछ।
  • मिथ ब्रान्डले कस्टमाइजेसन, टिकाउपन र विश्वसनीयता प्रदान गर्दै व्यवसाय विस्तार गरिरहेको छ।

दिक्षा डोटेल, एक युवा उद्यमी, जसले २०१९ मा नेपालमा मिथ ब्रान्डको स्थापना गरेर जापनिज सेल्भेज डेनिमलाई नेपाली बजारमा पहिलो पटक ल्याइन् । २०१७ मा उनले इम्पोर्ट र एक्सपोर्टको व्यवसाय सुरु गरेकी थिइन् । जसले उनलाई अन्तर्राष्ट्रिय बजारको अनुभव प्रदान गर्‍यो । सोही वर्ष फ्रान्सको पेरिस भ्रमणका क्रममा उनले जापनिज स्याल्भेज डेनिमको गुणस्तर र विश्वव्यापी लोकप्रियताबारे जानकारी प्राप्त गरिन् ।

यो डेनिमको प्रिमियम गुणस्तर, टिकाउपन र विशिष्ट शैलीले उनलाई प्रभावित पार्‍यो । यो अनुभवले उनलाई नेपालमा यस्तो प्रिमियम डेनिम उत्पादन गर्ने सपना देखायो ।

नेपाल फर्किएपछि दिक्षाले जापनिज स्याल्भेज डेनिमबारे गहन अनुसन्धान गरिन् । उनले पत्ता लगाइन् कि, यो डेनिम जापानको ओकायामा क्षेत्रमा उत्पादन हुन्छ, जसलाई ‘होली ल्यान्ड अफ डेनिम’ वा ‘डेनिमको जन्मस्थल’ भनिन्छ, ढाकाको जन्मस्थल पाल्पा भए जस्तै । यो क्षेत्र विश्वमै प्रिमियम डेनिमका लागि प्रसिद्ध छ ।

जापानमा उनले डेनिम उत्पादनको सम्पूर्ण प्रक्रिया-जिम्बाब्वेका कपासदेखि थ्रेड, फ्याब्रिक हुँदै प्यान्टसम्मको निर्माण-नजिकबाट अध्ययन गरिन् । ओकायामामा डेनिम उत्पादन प्रक्रियाको अवलोकन र अनुसन्धानपछि उनले नेपालमा यस्तै गुणस्तरीय डेनिम उत्पादन गर्ने निधो गरिन् ।

सन् २०१९ मा दिक्षम इन्टरप्राइजेज प्राइभेट लिमिटेड मार्फत मिथ ब्रान्डको औपचारिक सुरुवात भयो । तर, कोभिड–१९ को महामारीले व्यवसायलाई चुनौती दियो । तैपनि, दिक्षाको लगन र दृढताले मिथलाई अगाडि बढायो ।

के हो जापनिज स्याल्भेज डेनिम ?

जापनिज स्याल्भेज डेनिम एक प्रिमियम कपडा हो, जसलाई परम्परागत सटल लुम मेसिनमा बनाइन्छ । यो डेनिम जिम्बाब्वेका उच्च गुणस्तरका कटनबाट उत्पादन हुन्छ र यसको किनारामा विशेष रंगिन धागो (स्याल्भेज लाइन) हुन्छ, जुन यसको प्रिमियम गुणस्तरको पहिचान भएको दिक्षा बताउँछिन् ।

उनी भन्छिन् ‘स्याल्भेज डेनिम सामान्य डेनिमको तुलनामा धेरै टिकाउ हुन्छ । यो डेनिम लगाउँदै जाँदा प्राकृतिक रूपमा रङ हल्का ‘फेड’ हुन्छ, जसले प्रत्येक प्यान्टलाई प्रयोगकर्ताको जीवनशैलीअनुसार अद्वितीय बनाउँछ ।’

स्याल्भेज डेनिमको उत्पादनमा कडा गुणस्तर नियन्त्रण गरिन्छ । हिडन स्याल्भेज डेनिमका उत्पादनहरूमा हिडन रिबिट्स र चेन स्टिचिङको प्रयोग हुन्छ, जसले डेनिमलाई थप बलियो र आकर्षक बनाउने दिक्षाले बताइन् ।

मिथ ब्रान्डको विशेषता

मिथ ब्रान्डले गुणस्तरलाई प्राथमिकता दिन्छ । त्यसैले यो ब्रान्डले जापानबाट नै कपडा आयात गर्छ । सेल्भेज डेनिमको विशेषता भनेको यसको किनारामा देखिने रातो, नीलो वा कालो स्ट्रिप र चेन स्टिचिङ हो, जसले प्रिमियम लुक र टिकाउपन प्रदान गर्छ ।

मिथका उत्पादनहरूमा प्यान्ट, ज्याकेट र सर्टहरू समावेश छन्, जसको डिजाइन र क्वालिटी कन्ट्रोल जापानबाटै हुन्छ । यी उत्पादनहरू ११ देखि २३ तौल ‘आउन्स’सम्मका हुन्छन्, जसमध्ये ११–१४ आउन्सका जिन्सहरू हल्का र कम्फर्टेबल हुन्छन् भने १६ आउन्स भन्दा माथिका जिन्सहरू भारी हुन्छन् । ९८ प्रतिशत कपासमा २ प्रतिशत स्ट्रेच मिसाएर बनाइएका जिन्सहरू कम्फर्टेबल हुन्छन् तर १०० प्रतिशत कपासका जिन्सहरूले प्राकृतिक अनुभव दिन्छन् ।

कस्टमाइजेसन

मिथले कस्टमाइजेसनमा विशेष जोड दिन्छ । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डका जिन्सहरू साइज र फिटको समस्याले गर्दा उपयुक्त नहुने गुनासो धेरै सुनिन्छ । मिथले यो समस्यालाई सम्बोधन गर्दै ग्राहकको हाइट, वेस्ट, र डिजाइनको प्राथमिकता अनुसार कस्टमाइज्ड जिन्स, ज्याकेट र सर्टहरू बनाउँछ । ग्राहकले आफ्नो मन पर्ने सिल्भर, कपर, वा एन्टिक कपर बटन र थ्रेड समेत छनोट गर्न सक्छन् ।

मिथका ग्राहकहरू १४ वर्षका बालकदेखि ७३ वर्षका वृद्धसम्म छन् । हालसम्म ३,००० भन्दा बढी ग्राहकहरूले मिथका उत्पादनहरू प्रयोग गरिसकेका छन्, जसमा नेपालका साथै अस्ट्रेलिया, युरोप, अमेरिका, र युकेका ग्राहकहरू पनि छन् । लाजिम्पाटको स्टोरमा पर्यटकहरूको आकर्षण र क्यारवान मुभीका डिरेक्टर इरिक भ्यालीजस्ता ग्राहकहरूले मिथको विश्वसनीयता थप पुष्टि गर्छ ।

बजारमा प्रभाव र मूल्य

नेपाली बजारमा ब्रान्डेड कपडाहरूको कपी संस्करणको बाहुल्यता छ, जसले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन पाउन गाह्रो बनाएको छ । मिथले यो चुनौतीलाई अवसरको रूपमा लिएर प्रिमियम जापनिज सेल्भेज डेनिमलाई सुपथ मूल्यमा उपलब्ध गराएको छ । मिथका जिन्सहरूको मूल्य रु. ७ हजार ५००, अहिले ५ हजार ५०० (छुटमा) देखि रु. २१ हजार सम्म छ, जसमध्ये २३ आउन्सका कस्टमाइज्ड जिन्सहरू विशेष मागमा बनाइन्छ ।

ग्राहकहरूले मिथका उत्पादनहरूको टिकाउपन, फेडिङ प्रक्रिया जसले समयसँगै क्रिज लाइन र मोबाइलको सेप देखाउँछ । यसको व्यक्तिगत शैली झल्काउने विशेषताको प्रशंसा धेरैले गर्छन् । यो ब्रान्डले पैसा तिरे अनुसारको गुणस्तरको ग्यारेन्टी दिन्छ । सामान्य जिन्स प्यान्ट ६ महिना टिक्छ भने जापनिज सेल्भेज डेनिम भने २ वर्ष टिक्ने दिक्षाको दाबी छ ।

व्यवसाय सञ्चालन र लगानी

मिथ ब्रान्ड हाल ९ जनाको टिमले सञ्चालन गर्छ, जसमा ३ जना स्टोरमा र ६ जना फ्याक्ट्रीमा कार्यरत छ । एक दिनमा १–२ वटा मात्र जिन्स बनाइन्छ, किनभने प्रत्येक कपडामा क्वालिटी कन्ट्रोलमा विशेष ध्यान दिइन्छ । यो प्रक्रियामा जापानी कम्पनीहरूको सहयोग र भिडियो कलमार्फत सिकाइले मिथलाई विश्वस्तरीय मापदण्डमा पुर्‍याएको छ । यो यात्रा ५० लाखको लगानीमा सुरु भएकोमा हालसम्म १ करोडभन्दा बढी लगानी भइसकेको छ । यो ब्रान्ड निरन्तर विस्तार हुँदै गइरहेको छ ।

भविष्यको योजना

मिथ ब्रान्डले अब टि–सर्ट र अन्य उत्पादनहरू थप्ने योजना बनाएको छ । जापानबाट डिजाइन र क्वालिटी कन्ट्रोलको सहयोग लिँदै यो ब्रान्डले नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाइरहेको छ । विशेष गरी युकेका ब्रान्डहरूलाई कस्टमाइज्ड उत्पादनहरू पठाएर मिथले नेपालको नाम विश्व बजारमा चम्काइरहेको छ ।

मिथ ब्रान्ड केवल एक डेनिम कम्पनी होइन, यो नेपाली उद्यमशीलताको प्रतीक हो । जापानीज सेल्भेज डेनिमको प्रिमियम गुणस्तर, कस्टमाइजेसन, र ग्राहकको सन्तुष्टिमा केन्द्रित यो ब्रान्डले नेपाली बजारमा गुणस्तरीय उत्पादनको मागलाई सम्बोधन गरेको छ ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?