९० को दशकमा निकै रुचाइएको लियोपार्ड प्रिन्ट फेसनको फेरी चल्तीमा आएको छ । पछिल्लो समय बलिउड नायिकाहरूले पनि लियोपार्ड प्रिन्ट लुगादेखि ब्यागसम्म प्रयोग गरेको देखिन्छ। नेपालको फेसन पनि बलिउडबाट केही प्रभावित भएको हुनुपर्छ।
यसरी गर्न सकिन्छ स्टाइल
लियोपार्ड प्रिन्ट गाउन
लामो लम्बाइको गाउन लगाउन चाहनेहरूका लागि लियोपार्ड प्रिन्ट गाउन राम्रो विकल्प हुनसक्छ। यस्तो गाउनले स्टाइलिस र सुन्दर लुक दिनेछ । यसलाई खुल्ला कपाल र हल्का मेकअपसँग स्टाइल गर्न सकिन्छ।
प्रिन्ट वानपिस ड्रेस
लियोपार्ड प्रिन्टलाई वानपिस ड्रेसको रुपमा पनि स्टाइल गर्न सकिन्छ। अफिस जाँदा होस् वा कुनै पार्टीमा जाँदा यसलाई लगाएर स्टाइलिस देखिन सकिन्छ । सिल्भर गहनासँग यसलाई पेयर गर्न सकिन्छ।
गोल्डेन र ब्ल्याक लियोपार्ड प्रिन्ट साडी
यस प्रकारको साडीले आधुनिक लुक दिन्छ। सारीको किनारमा कालो लेस राखियो भने त्यसले सुन्दरता थप्छ । साडीसँग कालो रङको ब्लाउजले फरक र परफेक्ट लुक दिन्छ। अफिस पार्टीमा पनि यस्तो साडी लगाउन सकिन्छ।
लियोपार्ड स्टाइल ज्याकेट
यदि केही फरक प्रयोग गर्ने सोच्दै हुनुहुन्छ भने जाडोमा लियोपार्ड प्रिन्ट ज्याकेट स्टाइल गर्न सकिन्छ। यसले स्टाइलिस लुक दिनेछ । जाडोमा लियोपार्ड प्रिन्ट ओभरकोटले पनि फरक लुक दिनसक्छ।
लियोपार्ड प्रिन्ट सल
लियोपार्ड प्रिन्ट सलको स्वटाइलले फरक लुक दिनेछ। यदि आफ्नो साधारण लुकलाई स्टाइलिस र सुन्दर बनाउन चाहने हो भने लियोपार्ड प्रिन्ट सललाई स्टाइल गर्न सकिन्छ। यस्तो प्रिन्ट सल युनिक हुनुका साथै यो लुकले जाडोमा सुन्दरलाई थप निखार्ने छ।
गहनामा पनि लियोपार्ड प्रिन्ट
पछिल्लो समय कपडामा मात्र नभई गहनामा पनि लियोपार्ड प्रिन्टको प्रयोग भइरहेको छ। यस प्रिन्टको ब्रेसलेट, रिस्ट ब्यान्ड, नेकपिस र इयर रिङहरू बजारमा उपलब्ध छन्। कपडा, मेटल र प्लास्टिकको आधारमा बनेको यो प्रिन्टेड ज्वेलरी हरेक उमेर समूहमा रुचाइएको छ।
लियोपार्ड प्रिन्ट आफैँमा फैशनेबल छ
लियोपार्ड प्रिन्ट आफैँमा फेशनेबल छ, त्यसैले यो लगाएपछि अरू केही गर्नुपर्दैन। यस्ता प्रिन्ट भएका पहिरनले व्यक्तित्वलाई धेरै बढाउँछ। पछिल्लो समय यस प्रकारका प्रिन्ट लुगाहरू निकै रुचाइएका छन् ।
हरेक ब्रान्डले यस्ता तयारी पोशाक बनाउँदै आएका छन्। यस्तोमा स्टाइलिस देखिन चाहनेहरूले लियोपार्ड प्रिन्ट आउटफिट प्रयोग गर्न सक्छन्।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4