+
+
Shares

मोजाको दुर्गन्ध हटाउने ५ घरेलु उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मीमा पसिना र ब्याक्टेरियाले मोजाबाट दुर्गन्ध आउँछ, जसले सामाजिक रूपमा लाजमर्दो अवस्था सिर्जना गर्न सक्छ।

अब गर्मीको मौसम सुरु भयो । प्रायले गर्मी नै भए पनि सधैंजसो जुत्ता लगाएर हिँड्ने गर्छन् । जुत्ता सँगै मोजा लगाउनु अनिवार्य जस्तै मानिन्छ । गर्मीमा मोजा लगाउँदाको ठूलो समस्या हो– गन्ध आउनु ।

गर्मीमा धेरै पसिना आउँछ, जसले गर्दा मोजाबाट दुर्गन्ध आउन सक्छ । यस्तो बेला यदि जुत्ता खोल्नुपर्ने अवस्था आयो भने दुर्गन्धले लाजमर्दो हुन सक्छ । अझै कसैकसैमा त दिनकै धोएर मोजा लगाउँदा पनि केही घण्टामै गन्ध आउने समस्या हुन्छ ।

केही सरल र घरेलु उपाय अपनाएर यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मोजा किन गन्हाउँछ ?

मोजामा दुर्गन्ध आउनुको मुख्य कारण पसिना र ब्याक्टेरिया हुन् । खुट्टा पसिना आउँदा, ब्याक्टेरियाको संख्या वृद्धि हुन थाल्छ । यी ब्याक्टेरियाले फोहोरको वृद्धि गर्न भूमिका खेल्छन् । यदि मोजाहरू राम्ररी सफा गरिएन र सुकाइएन भने, यो समस्या बढ्छ ।

मोजाको दुर्गन्ध हटाउने ५ प्रभावकारी तरिकाहरू

१.नुनको पानी प्रयोग

मोजालाई धुनुअघि नुनपानीमा भिजाउनुपर्छ । यसले ब्याक्टेरियालाई मार्नेछ र मोजाबाट दुर्गन्ध पूर्णरूपमा हटाउनेछ ।

२.सोडाको प्रयोग

मोजाको गन्धबाट छुटकारा पाउन सोडा प्रयोग गर्न सकिन्छ । मोजा धुँदा १ देखि २ चम्चा बेकिङ सोडा थप्न सक्नुहुन्छ । यसले मोजाहरूलाई पूर्णरूपमा फोहोरबाट सफा गर्नेछ ।

३.गुलाब जल

गन्ध हटाउन गुलाब जल प्रयोग गर्न सकिन्छ । जुत्तामा गुलाब जल हालेर लगाउन पनि सकिन्छ । किनकि यसले गन्धलाई लामो समयसम्म रहन दिँदैन।

४.हरेक दिन धोएको मोजा लगाउने

गर्मीमा हरेक दिन फरक मोजा लगाउनुपर्छ । कम्तीमा २ जोर मोजाको व्यवस्था गर्नुपर्छ । दिनभर लगाएको मोजा हरेक दिन बेलुका धुने गर्नुपर्छ । साथै, हरेक दिन सफा र सुख्खा मोजा लगाउने बानी गर्नुपर्छ । यसले गन्धलाई रहनबाट रोक्नेछ ।

५.जुत्ता सफा राख्ने

मोजा मात्रै सफा भएर हुँदैन जुत्ता पनि सफा राख्नुपर्छ । जुत्तामा भएको फोहोरले पनि मोजा फोहोर बनाएर गन्ध निम्त्याउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?