
News Summary
Generated by OK AI. Editorially reviewed.- महिलाहरूले आफ्नो लागि सही ब्रा साइज नाप्न दुई कुरामा ध्यान दिनुपर्छ: ब्यान्ड साइज र कप साइज।
- ब्यान्ड साइज नाप्न स्तनको तल टेप राखेर नापिन्छ र आधा नम्बर भए माथिल्लो पूर्ण नम्बर मानिन्छ।
- कप साइज पत्ता लगाउन बस्ट साइजबाट ब्यान्ड साइज घटाएर फरक अनुसार कप साइज निर्धारण गरिन्छ।
महिलाहरूले आफ्नो लागि हरेक सानो–सानो कुरा धेरै सोचेर किन्छन् । चाहे त्यो कपालमा लगाउने क्लिप होस्, लिपिस्टिकको सेड होस् वा आफ्नो स्किन टोनअनुसारको फाउन्डेसन । तर, यी सबै कुराहरूभन्दा फरक, धेरैजसो महिलाहरूले आफ्ना लागि सही ब्रा किन्न सकिरहेका हुँदैनन् ।
हरेक महिलाको ब्रासँग माया र घृणाको मिश्रित सम्बन्ध हुन्छ । ब्राले महिलाको शरीरको आकारलाई सुन्दर राख्न र स्तनलाई सहारा दिन प्रयोग गरिन्छ । यद्यपि, ब्रा लगाउनुका फाइदाहरू जति छन्, त्यसभन्दा धेरै नोक्सानहरू हुन सक्छन्, यदि यसको साइज सही छैन भने । ब्रा किन्दा यसको साइज शरीरको साइजका लागि एकदमै ठिक हुनुपर्छ ।
तर, कहिले ब्रा टाइट हुन्छ, कहिले खुकुलो । कहिले कप फिट हुँदैनन् त कहिले स्ट्र्यापले सताउँछ । यो सबै गलत साइजको कारणले हुन्छ । एक अनुसन्धानको रिपोर्टअनुसार लगभग ८० प्रतिशत केटीहरूलाई सही ब्रा साइज थाहा हुँदैन । गलत साइजको ब्रा लगाउँदा लुगाको फिट मात्र बिग्रँदैन, स्तनको आकार पनि बिग्रन सक्छ । त्यसैले, सही ब्रा साइज पत्ता लगाउने उपाय जान्नु जरुरी हुन्छ ।
ब्रा साइज कसरी नाप्ने ?
सही ब्रा साइज पत्ता लगाउन दुई कुरामा ध्यान दिन आवश्यक छ । पहिलो ‘ब्यान्ड साइज’ स्तनको तलको भाग जहाँ ब्राको ब्यान्ड आउँछ । दोस्रो ‘कप साइज’ स्तनको भाग छोप्न ।
स्टेप १ : ब्यान्ड साइज नाप्ने
टेपलाई आफ्नो स्तनको तल जहाँ ब्राको ब्यान्ड आउँछ त्यहाँ राख्ने । जति इन्च आउँछ, त्यो नै ब्यान्ड साइज हो । यदि नम्बर आधा आयो भने, त्यसलाई माथिल्लो पूर्ण नम्बरमा परिवर्तन गर्नुहोस् । जस्तै, ३१.५ आयो भने ३२ मान्ने ।
स्टेप २ : बस्ट साइज नाप्ने
अब, टेपलाई स्तनको सबैभन्दा उठेको भागमा राख्ने । यो साइजबाट ब्यान्ड साइज घटाउने । जति फरक आउँछ, त्यसले कप साइज थाहा हुन्छ ।
फरक इन्चमा कप साइज
१ ए
२ बी
३ सी
४ डी
५ डी/डी, ई/ई
सजिलो भाषामा बुझौं : यदि ब्यान्ड साइज ३२ छ र बस्ट साइज ३५ छ भने, फरक ३ इन्च हुन्छ । अर्थात्, ब्रा साइज ३२ सी हुन्छ ।
ब्रा किन्दा यी कुरामा पनि ध्यान दिनुपर्छ
-साइजबाहेक केही अन्य कुरामा पनि ध्यान दिन आवश्यक छ:
-स्ट्र्याप काँधमा धेरै टाइट हुनु हुँदैन ।
-ब्रा पछाडिबाट माथि उठ्नु हुँदैन ।
-स्तन कप्सबाट बाहिर निस्कनु हुँदैन ।
-हुक सजिलै बन्द हुनुपर्छ ।
यी साना–साना कुराहरूमा ध्यान दिएर आफ्नो लागि एकदम सही साइजको ब्रा किन्न सकिन्छ ।
प्रतिक्रिया 4