Comments Add Comment

दर्शकलाई बोर गर्न आयो सोनाक्षीको ‘नूर’

पाकिस्तानमा बस्ने पत्रकार तथा लेखक सबा इम्तियाजद्वारा लिखित उपन्यास ‘कराँचीः यू आर किलिङ मी’ मा आधारित फिल्म हो नूर । सनहिल सिप्पीद्वारा निर्देशित यस फिल्ममा सोनाक्षी सिन्हा, कनन गिल, मनीष चौधरी लगायतका कलाकारको अभिनय छ ।

यो कथा आफ्नै धुनमा मस्न रहने पत्रकार नूर राय चौधरी (सोनाक्षी) को हो, जो मुम्बईमा बज च्लानलका लागि न्यूज रिपोर्टिङ गर्छिन् । नूरको चाख यथार्थतामा आधारित समाचारमा छ तर उनका बोस (मनीष) को आदेशमा उनले बलिउडका खबरहरु बढि कभर गर्नुपर्छ ।

कथामा मोड त्यतिबेला आउँछ जब नूूरले एउटा ठूलो ठगी कान्डको रिपोर्टिङ गर्छिन् तर उनको यो स्टोरी चोरी गरेर कसैले आफ्नो नाममा बजाउँछ । त्यसपछि कथाको अन्त कसरी हुन्छ त्यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्छ ।

फिल्मको निर्देशन, लोकेसन र क्यामरा वर्क गजब छ । तर फिल्मको कथा एकदमै फितलो लाग्छ । यसलाई रोचक ढंगले प्रस्तुत गर्न नसक्दा दर्शकहरुले बोर मान्नेछन् र कहिले फिल्म सकिएला भनेर प्रतिक्षा गर्छन् । फिल्मको क्लाइमेक्स त झनै बकवास छ ।

सोनाक्षी सिन्हाले राम्रो अभिनय गरेकी छिन् । अन्य कलाकारहरुको पनि अभिनय राम्रो छ । तर, फिल्मको कथा नै झुर भएपछि अभिनयले मात्रै के गर्नु । फिल्मको संगीत र संवाद पक्ष भने बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment