Comments Add Comment

DPL Live: उपाधिका लागि टिम चौराहाले बिराटनगरलाई दियो १६० रनको लक्ष्य

९ बैशाख, धनगढी । धनगढी प्रिमियर लिगको उपाधिका लागि टिम चौराहाले बिराटनगर किङ्ग्ससामू १६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शरद भेषावकरको टिम बिराटनगर किङ्ग्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनायो ।

उसको सुरुवात खराब थियो । राजु रिजाल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र ४ रन थियो । बिराटनगरले थप रन नजोड्दै अनिल मण्डल पनि आउट भए । पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे । पृथु पनि १४ रन बनाएर आउट भए ।

त्यसपछि आएका आरिफ शेख चम्किए । उनले चौथो विकेटका लागि पारससँग ४४ रनको साझेदारी गरे ।

पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर एक बल मात्र खेल बाँकी थियो ।

तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । उनीहरुले पाचौं विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

अमर ३१ रनमा अजिजित रहे भने शौरभ खनालले नटआउट १४ रन बनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment