Comments Add Comment

निर्वाचन आयोगले साना दललाई विभेद गर्‍योः न्यौपाने


१३ बैशाख, हेटौँडा । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले निर्वाचन आयोगले दल दर्ता गर्ने बेलामा साना दललाई अन्याय गरेको गुनासो गरेको छ । दल दर्ता गर्ने बेला दिएको चुनाव चिन्ह स्थानीय निर्वाचनमा आयोगले खोसेको चुरे भावरको गुनासो छ ।

बुधबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्री न्यौपानेले भने, ‘साना दलहरुलाई अन्याय भएको छ । साना दलहरुलाई एउटै चुनाव चिन्ह दिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न दिनुपर्छ ।’

उनले सरकारले तराई मधेसमा स्थानीय तहको संख्या थप्न लागेको भन्दै विरोधसमेत गरे । उनले थप्नैपर्ने भए हिमाल र पहाडमा पनि थप्न माग गरे ।

न्यौपानेले भने, ‘तराई, पहाड र हिमालमा बस्ने सबै नेपाली बराबर हुन् । जुनसुकै क्षेत्रमा स्थानीय तहको संख्या थपघट गर्दा सबै ठाउँमा बराबरी हुर्नुपर्छ । विभेद गर्न पाइँदैन ।’

चुरेभावर पार्टीका उपाध्यक्ष एवम् राजनीतिक विभागका प्रमुख समेत रहेका राजाराम बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासहितका दलहरु छाडेर केही युवा चुरेभावर पार्टीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment