Comments Add Comment

कपिलवस्तुमा आगलागी, ५० घरगोठ नष्ट

१३ बैशाख, कपिलवस्तु । यहाँको विजयनगर गाउँपालिका-४ महिलावारमा आगलागी हुँदा ५० घरगोठ नष्ट भएका छन् ।

महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगलागी भएको हो ।

आगलागीबाट गुल्लु कहारको घरमा पाहुँना आएकी कोटवाकी करिव ६० बर्षीय बन्शी प्रजापती घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट ४ बाख्रा, २ गाई मरेको स्थानीय गौतम यादवले जानकारी दिए । घाइतेको शिवराज अस्पाताल बहादुगन्जमा उपचार भैरहेको मिर्जा अरशाद बेगले जानकारी दिए ।

कृष्णनगर नगरपालिकामा रहेको दमकलले आगो निभाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment