Comments Add Comment

१० अर्वको लगानी गर्ने एमई ग्रुपको प्रतिबद्धता

१४ वैशाख, काठमाडौं । नेपाली बहुर्राष्ट्रिय कम्पनी माउन्ट एभरेस्ट -एमई) ग्रुपले नेपालको पर्यटन र कृषि क्षेत्रमा १० अर्व बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

पर्यटन, कृषि क्षेत्रको विकासका लागि सपिङ लगायतमा पनि लगानी गर्ने नीति बनाइएको गु्रपले जनाएको छ । ग्रपले लगानीका लागि एमई ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनी नै खडा गरिएको पनि जानकारी दिइएको छ ।

कम्पनीका अध्यक्ष कमलराज अधिकारीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देश विकासका लागि आवश्यक लगानी भित्रयाउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको जानकारी दिए ।

नेपालबाहिर विभिन्न व्यवसाय गरेर बसेकाहरुले नेपालको विकासका लागि आवश्यक लगानी भित्रयाउन कम्पनी नै खोलेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

कम्पनीले अवको १० वर्षभित्र ५ हजार नेपाली नागरिकलाई रोजगारी दिने प्रतिवद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment