Comments Add Comment

तमन्नादेखि प्रभाससम्म के खान्छन् ?

सेलिब्रेटीहरको खानपान कस्तो हुन्छ ? उनीहरु के खान्छन्, कति खान्छन् ? चासोको विषय हो । किनभने उनीहरुको दैनिकी धपेडीमा वित्छ । सधैजसो व्यस्त हुन्छन् । त्यस्तो व्यस्ततामा उनीहरुले आफ्नो खानपानमा कसरी तालमेल मिलाउँछ होला ?

तमन्ना

अभिनेत्री तमन्ना नास्तामा स्यान्डबिच, अमलेट खान रुचाउँछिन् । तमन्नालाई नरिवलको पानी पनि खुब मन पर्छ । कुखुराको मासुमा उनको जिब्रो लोभिएको छ ।

प्रभास

दक्षिण भारतिय यी अभिनेता सुगठीत ज्यान र उच्च कद लोभलाग्दो छ । प्रभासले आफुलाई कसरी फिट एन्ड फाइन राखेका होलान् ?  कडा वर्कआउटका साथ हेल्दी फूड नै यसको राज भएको उनले बताएका छन् ।

प्रभास नास्तामा अन्डा, चिकेन र फल खान्छन् । पास्ता, पालकको स्वादमा उनी लोभिएका छन् । प्रभासलाई माछा पनि मन पर्छ ।

अनुष्का शेट्टी

अनुष्का शेट्टी खानपानमा निकै सर्तक छिन् । उनी नास्तामा ब्रेड खान्छिन् । त्यससँगै मह र कागती मिसाएको पानी पिउने गरेकी छिन् । मध्यन्हको खानामा भने सादा खाना रुचाउँछिन् । उनलाई दाल भात, सब्जी र रोटी मनपर्छ ।

आसिन

आसिन नास्तामा अन्डा वा फल खान रुचाउँछिन् । उनी सि फुड्सका सौखिन हुन् । असिनलाई प्राउन, माछा निकै स्वादिलो लाग्छ ।

नागार्जुन

यी अभिनेता नास्तामा अन्डाको सेतो भाग खान्छन् । त्यससँगै फल पनि चाहिन्छ । उनलाई डोसा, गि्रल्ड चिकेन, भेज करी खान मन लाग्छ ।

राणा दुग्गुबत्ती

बाहुबलीका मा नकारात्मक भूमिका निर्बाह गरिरहेका राण दुग्गुबत्ती ओटमिल, ब्राउन ब्रेड, अन्डाबाट हाम्रो दैनिकी प्रारम्भ गर्छन् । त्यसपछि उनलाई फिस करी मन पर्छ । चिकेनको पनि उनी सौखिन हुन् ।

श्रेय सरन

श्रेय सरन नास्तामा जुस, अमलेट, पनिर पराठा खान रुचाउँछिन् । त्यस्तै उनलाई फिस करी, चनाको कटलेट मन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment