Comments Add Comment

जिन्दगी हुन्छ डामाडोल, जब बिग्रन्छ हर्मोनको खेल

प्रकृतिसँग विच्छेद भएर जसरी हामी बेलगाम जीवन बिताउने रहर गरिरहेका छौं, त्यसले हामीलाई अध्याँरोतर्फ धकेल्दैछ । पुरा शरीरको कन्ट्रोल प्यानल वा स्विच बोर्ड भनिने हाइपोथेलैमसदेखि लिएर शरीरको केमिकल म्यसेन्जरको भूमिका निर्वाह गर्ने हर्मोन्ससम्म स्वास्थ्यको कुनै न कुनै भाग, कुनै न कुनै रुपले अध्याँरोले घेरा हाल्दैछ । यो म्यासेन्जर्स किन असन्तुलित हुन्छ र यसलाई कसरी सन्तुलित बनाउने त ?

हर्मोन तनको बस्तीको हुलाकी हो । एक हिसाबले सन्देशवाहक । शरीरको एन्डोक्राइन ग्ल्यान्ड्समा उत्पन्न हुने खास किसिमको रसायन जसले एक कोशिकाबाट अर्को कोशिकासम्म संकेत पुर्‍याउँछ, त्यसले न केवल शरीरको विकासलाई प्रभावित गर्छ । त्यसले पुरै स्नायु प्रणालीको गतिविधिलाई पनि नियन्त्रित गर्छ । त्यो मेटाबोलिज्म, सेक्स ड्राइभ, रिप्रोडक्सन, मुड, तौल, पाचन यहाँसम्म कि मस्तिष्क र भावनालाई पनि प्रभाव पार्छ । जब हर्मोन रिलिजमा असन्तुलन हुन्छ, तब शरीरको पुरा प्रणाली नै बिग्रन्छ । यसैले स्वस्थ्य रहनका लागि जरुरी छ, हर्मोन्सको सन्तुलन ।

के हो असन्तुलन ?

गायनाकोलोजिस्ट एन्ड अब्स्ट्रटीशियन डा. निरुपमा दीक्षित भन्छिन्, ‘शरीरमा कुनै हर्मोन धेरै बढी वा धेरै कम हुनु नै हर्मोनको असन्तुलन हो । अहिलेको व्यस्त दिनचर्या, असन्तुलित जीवनशैली, अस्वस्थ्यकर खानपान, प्रदूषण, मानसिक तनावले पछिल्लो दशक हर्मोनल असन्तुलनको ग्राफ एकदमै तिब्र रुपमा बढेको छ ।’

उनका अनुसार हाम्रो जिन्दगीमा उमेर एवं परिस्थितीवस केही हर्मोनको रिलिज हुने अनुपातमा थोरै उतार-चढाव हुनु सामान्य हो, तर असामान्य रुपले हर्मोनको कम वा बढी हुनुले स्वास्थ्यलाई निकै असर गर्छ ।

हर्मोनल असन्तुलन कसैलाई पनि, कुनैपनि उमेरमा हुनसक्छ । तर, एक पटक शरीरमा हर्मोनल असुन्तलन भएमा तपाईंको पुरा जीवन उथलपुथल हुनेछ ।

डामाडोल डाइट

पोषणविद्हरु भन्ने गरेका छन् कि, अहिले हामीले जस्तो खानपान शैली अपनाएका छौ त्यसले हर्मोनल असन्तुलनको भय निकै बढाएको छ ।

अहिले धेरैजसोले घर बाहिरको खाना खान्छन् । खाजा वा खानाको रुपमा कम्तीमा एक पटक रेष्टुरेन्ट वा घर वाहिर बनेका खानेकुरा खान्छन् । यी खाना अक्सर मैदाजन्य हुन्छ । प्याकेटबन्द, मैदाजन्य खानेकुरा त्यसमा पनि अस्वस्थ्यकर तेल, मरमसला प्रयोग गरिएको । त्यस्तै तिर्खा मेट्न कोल्ड डि्रंकलगायतका पेय पिउने गर्छन् ।

धेरैजसो किशोरपुस्ता एवं युवायुवती आफ्नो दैनिक खानेकुरामा चिप्स, कोल्ड डि्रंक रोज्ने गर्छन् । मम, पिज्जा, चाउमिन, चाउचाउ, विस्कुट, चकलेट खाने गर्छन् । प्राकृतिक रुपमा उत्पादित जैविक खानेकुराबाट विमुख हुँदैछन् ।

अर्कोतिर खानेको कुनै टुंगो छैन । कुनैदिन दिनभर भोकै बस्छन्, कुनै दिन खाएको खाएकै । यस किसिमको खानेकुरा र खानपान शैलीले शरीरमा हर्मोनल असन्तुलन बनाउँदैछ ।

अहिलेका बच्चाहरु उमेर नपुग्दै उनीहरुको शरीरिक परिवर्तन हुन थालेका छन् । १०-११ बर्षको उमेरमा बच्चाको मासिक स्राव सुरु हुन थालेको छ । ३० बर्षपछि महिनावरी रोकिन थालेको छ ।

कतिबेला हुन्छ असन्तुलन ?

पछिल्लो दिन विश्व स्वस्थ्य संगठनले मानसिक स्वास्थ्यको घट्दो स्तरलाई लिएर चिन्ताजनक आंकडा दिएको थियो ।

अहिले धेरैजसो मानिस दिमागमा चिन्ता र तनाव बोकेर बाचिरहेका छन् । उनीहरु कुनै न कुनै मानसिक समस्याबाट गुजि्ररहेका छन् । विश्वका आधाभन्दा बढी जनसंख्या मानसिक समस्याले ग्रस्त छन् । यसको पछाडि असन्तुलित हर्मोन नै जिम्मेवार देखिएको छ ।

हाल्टरोफ मेडिकल ग्रुपले गरेको एक मनोवैज्ञानिक अध्ययनमा भनिएको थियो कि, मानसिक स्वस्थ्य र हर्मोनबीच गहिरो सम्बन्ध हुन्छ । मानसिक समस्याको जड मनमा होइन, हर्मोनमा रहेको पनि उक्त अध्ययनबाट थाहा भएको छ ।

के छ खतरा ?

प्रभावकारी उपचारको अभावमा हर्मोनल असन्तुलनले अनेक किसिमको रोग जन्माउँछ । जस्तो मधुमेह, उच्च रक्तचाप, उच्च कोलोस्टोर, हृदय वा मुटु रोग, मोटोपन, अस्टियोपोरोसिस, गर्भाशय वा स्तन क्यान्सर, डिप्रेसन आदि । यसका साथै बाँझोपन, गर्भपात, गर्भावस्थको बेला मधुमेह जस्ता समस्या निम्तने गर्छ ।

आवश्यक छ यी ७ हर्मोन

कार्टिसोलः एडि्रनल ग्रन्थीमा पाउने एक महत्वपूर्ण हर्मोन हो, यसको असन्तुलनले यी समस्या हुनसक्छ । निद्रा नलाग्ने, चक्कर आउने, नङ कमजोर हुने, रगतमा सुगरको मात्रा बढ्ने ।

थाइराइड- थाइराइड ग्रन्थीले त्यस हर्मोनको निर्माण गर्छ, जो शरीरको उर्जाको प्रयोगको कार्यविधी प्रभावित गर्छ । यसको कमीले डिप्रेसन, सुस्त, कब्जियत, रुखोपन, धेरै निद्रा लाग्ने, कपालसँग जोडिएको समस्या हुनेगर्छ ।

एस्ट्रोजन – एस्ट्रोजनको स्तर बिग्रनाले हृदयसम्बन्धी समस्या, क्यान्सर, मूत्राशयमा संक्रमण, डिप्रेसन, अनिद्रा, माइग्रेन, तिब्र तौल बढ्ने, पित्ताशयसम्बन्धी रोग लाग्नेगर्छ ।

प्रोजेस्टेरान- यसकोक मीले अनिद्रा, स्तनमा दुखाई, तौल बढ्ने, टाउको दुख्ने, तनाव, बाझोपन आदि हुन्छ ।

टेस्टोरान- महिलामा टेस्टोस्टेरान धेरै रिलिज हुँदा मुसा आउने, पोलिसिस्टिक ओभरी सिन्ड्रोम, अनुहार र हातमा रौ पलाउने, हाइपोग्लाइसीमिया, बाँझोपन जस्ता समस्या हुनसक्छ ।

लेप्टिन- यो हर्मोनले भोकलाई प्रभावित गर्छ । यसमा गडबडी भएमा धेरै भोक लाग्ने समस्या हुन्छ ।

इन्सुलिन- यसको कारण मधुमेह, थकान, अनिद्रा, कमजोर स्मरण, तिब्र तौल बढ्ने जस्ता विरामी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment