+
+
Shares

मोरङका १ सय ३ वटा सरकारी कार्यालयमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १७:५७

३१ भदौ, विराटनगर । जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले मोरङका १ सय ३ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको  छ ।

निजी, संस्थान,  व्यापारिक प्रतिष्ठानपनि प्रदर्शनकारीको निशानामा परेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार संघीय सरकार मातहतका २१ वटा कार्यालयमा आगजनी र तोडफोड भएको छ । जिल्लामा ७३ वटा संघीय सरकार मातहतका सरकारी कार्यालय छन् ।

मोरङमा रहेको प्रदेश सरकार मातहतका १४ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

१७ वटा स्थानीय तह रहेको मोरङका १० वटा स्थानीय तहको कार्यालयमा आगजनी र तोडफोड भएको छ ।

१५९ वटा वडा कार्यालयमध्ये ५८ वटा वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार १५ वटा निजी घरमा आगजनी र तोडफोड भएको छ ।

एउटा संस्था (सञ्चय कोष), भाटभटेनी सुपर मार्केटसहित ३ वटा व्यापारिक भवन,८ वटा राजनीतिक दलका कार्यालय र अन्य ४ वटा संघसंस्थाको कार्यालयमा तोडफोड र आगजनी भएको हो । त्यस्तै नेपाल प्रहरीको १७ वटा कार्यालय र सशस्त्र प्रहरीको ४ वटा पोष्टमा आगजनी तथा तोडफोड भएको छ ।

क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?