
News Summary
Generated by OK AI. Editorially reviewed.- कोरोना महामारीपछि हुम्लाको हिल्सा नाका खुल्दा कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीको संख्या ६ हजार पुगेको छ।
- सिमकोट विमानस्थलबाट तीन महिनामा ३ हजार ९९२ उडान भएको र २२ हजार ५६ जना यात्रु आउजाउ गरेको विमानस्थल प्रमुख महेन्द्र बहादुर सिंहले जानकारी दिए।
- सिमकोट र नाम्खा गाउँपालिकाले तीर्थयात्रीबाट प्रतिव्यक्ति १ हजारदेखि १ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी ६० र ४० प्रतिशत बाँडफाँड गर्ने गरेका छन्।
३१ भदौ, हुम्ला। कोरोना महामारीले बन्द हुम्लाको हिल्सा नाका लामो समयपछि कैलाश मानसरोवर रूट खुलेपछि भारतीय तीर्थयात्रीहरूको चाप दोब्बरले बढेको छ।
हिल्सा नाका हुँदै चीनस्थित कैलाश मानसरोवर दर्शन गर्नको संख्या ६ हजार पुगेको छ। यसअघि ३ हजारभन्दा कम पर्यटक आउने गरेका थिए ।
०८१ साल ४ गतेदेखि हालसम्मनेपालगञ्ज विमानस्थल भएर सिमकोट विमानस्थल हुँदै हिल्सा नाकाबाट कैलाश मानसरोवर दर्शन गर्न आउने भारतीय तीर्थयात्रीहरू ६ हजार ५५ रहेको छ।
चैत महिनायता भारतीय तीर्थयात्री २ हजार ८४७ महिला र ३ हजार १०७ पुरूष रहेका छन् । यस्तै अन्य मुलकबाट १५१ जना महिला र १७४ पुरूष पर्यटक गरी ६ हजार ५५ जना पर्यटकहरू कैलाश मानसरोवर दर्शन गर्न गएको तथ्याङकले देखाएको छ ।
उनीहरू सिमकोट विमानस्थल हुँदै हिल्सा नाका भएर चीनमा रहेको मानसरोवर कैलाश दर्शन गरेको सिमकोट विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ।
हिल्सा नाका खुलेपछि कोरोना महामारी पछि दोब्बरको संख्यामा भारतीय तिर्थयात्रीहरूले हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गरेको विमानस्थलका प्रमुख महेन्द्र बहादुर सिंहले जानकारी दिए।
भारतीय नम्बर प्लेटका गाडी जताततै
हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित च्वाखोला नदीमा बेलिब्रिज पुल निर्माण भएपछि हुम्ला ७७औ जिल्लाका रूपमा सडक सञ्जालसँग जोडिएको छ । योसँगृ यहाँका स्थानीयहरू खुसी भएका छन् भने यो सडक भएर भारतीय नम्बर प्लेटका सवारीसाधनहरू जताततै देखिन थालेका छन् ।
खासगरी भारतीय नम्बरप्लेटका मोटरसाइकल र चारपाङ्ग्रे गाडी सदरमुकाम सिमकोटमा आवतजावत गर्न थालेको देखिन्छन् । भारतीय तीर्थयात्रीहरू नेपालगञ्जको जमुनाहा नाका हुँदै भारतीय नम्बर प्लेटका गाडी र मोटरसाइकल हुम्लाको सदरमुकाम सिमकोट पुग्न थालेका छन्।
तीन महिनामा ३ हजार ९९२ उडान
हुम्लाको सिमकोट विमानस्थलमा भारतीय तीर्थयात्रीहरू कैलाश मानसरोवर दर्शनका लागि सवारीबाहेक विमान प्रयोग गर्न थालेका छन् । सिमकोट विमानस्थलमा
नेपालगञ्जबाट तीन महिनाको अवधिमा ३ हजार ९९२ उडान भएको छ।
तीन महिनामानेपालगञ्जबाट जहाज सिमकोट र सिमकोट विमानस्थलबाटनेपालगञ्ज टेकअफ र ल्यान्डिङ सिमकोटबाट हेलिकप्टरहरू हिल्सा नाकाबाट सिमकोट, सिमकोटबाट हिल्सा नाका टेकअफ र ल्यानिडङ गरी ३ हजार ९९२ उडान अवतरण भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र बहादुर सिंहले जानकारी दिए।
उका अनुसार नेपालगञ्ज सिमकोट सिमकोट -नेपालगञ्ज सम्म जहाज र सिमकोट- हिल्सा नाका हिल्सा नाका सिमकोट उडानमा २२ हजार ५६ जना आउजाउ गरेको छ ।
विमानस्थलको एयरपोट ट्याक्स प्रतिव्यत्ति ३ सय रुपैयाँ विमानस्थलले लिने गरेको छ।
स्थानीय तहले कति उठायो राजस्व ?
भारतीय तीर्थयात्रीहरू मानसरोवर कैलाश दर्शन गर्न आउन संख्या बढेपछि सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले राजस्व संकलनको लागि कर्मचारी खटाएका छन्।
भारतीय तीर्थयात्रीहरूबाट प्रतिव्यत्ति १ हजारका दरले र अन्य मुलुकाबाट आएका पर्यटकहरूबाट १ हजार ५०० राजस्व संकलन गर्न गरेका छन् ।
सिमकोट गाउँपालिकाले ६० प्रतिशत र नाम्खा गाउँपालिकाले ४० प्रतिशतका दरले रकम बाँडफाँड हुने गरेको छ।
हालसम्म ६ हजार ५५ पर्यटकहरूबाट राजस्व कति संकलन गरेको हो तथ्याङ्क एकिन छैन।
प्रतिक्रिया 4