
News Summary
Generated by OK AI. Editorially reviewed.- हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा नेपाली सेना बोकेको ट्रक पुलबाट करिब १५ मिटर तल खसेको छ।
- दुर्घटनामा २२ जना सैनिक सवार ट्रकबाट १६ जना घाइते भएका छन् र ३ जनाको अवस्था गम्भीर छ।
- गम्भीर घाइतेहरूको परिचय खुलिसकेको छैन र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
३१ भदौ, हेटौंडा । हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा मंगलबार दिउँसो दुर्घटनामा परेको नेपाली सेना बोकेको ट्रक २ नम्बर राजदल गण तनुहँबाट धनुषा जाँदै गरेको खुलेको छ ।
२२ जना सैनिक सवार सेनाको आफ्नै ट्रक हेटौंडा उपमहानगरपालिका(१५ र सिमरा उपमहानगरपालिका-२२ मा पर्ने चुरियामाईको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पुलबाट करिब १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १६ जना घाइते भएको र जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
गम्भीर घाईतेहरूको हालसम्म परिचय खुलिसकेको छैन । उपसेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4