
News Summary
Generated by OK AI. Editorially reviewed.- राति ढिलो खाना खाँदा मधुमेहको जोखिम बढ्छ, त्यसैले बेलुका ८/९ बजेसम्म खाना खाइसक्नु र हल्का खाना खानुपर्छ।
- धेरै छिटो खाना खाँदा ग्यास्ट्राइटिस हुने सम्भावना हुन्छ, त्यसैले खानालाई बिस्तारै र राम्ररी चपाएर खानुपर्छ।
- नुनको अत्यधिक सेवनले उच्च रक्तचाप बढाउँछ, त्यसैले दैनिक ६ ग्रामभन्दा बढी नुन नखाने र प्रशोधित खाना कम खाने सिफारिश गरिएको छ।
कुनै पनि रोग लाग्नै नदिन र त्यसलाई नियन्त्रण गर्न जीवनशैली सन्तुलित र स्वस्थवर्द्धक हुनु अतिआवश्यक हुन्छ । कहिलेकाहीँ केही बानीहरूले रोग निम्त्याउछ । जब कि केहीले रोगहरूलाई बढावा दिन्छन् । यदि हामी यी बानीहरूलाई पहिचान गरेर समयमै परिवर्तन गर्यौं भने स्वास्थ्यमा सकारात्मक सुधार सम्भव छ ।
केही बानीहरू छन्, जसमा परिवर्तन ल्याएर रोगहरूबाट बच्न सकिन्छ ।
१.मधुमेह
राति ढिलो खाना खाँदा रगतमा चिनीको स्तर असन्तुलित हुन सक्छ, जसले शरीरमा इन्सुलिनको प्रभाव कम गर्छ । यसले चिनी नियन्त्रण गर्न कठिन हुन्छ । बेलुका ८/९ बजेसम्म खाना खाइसक्नु राम्रो हुन्छ । बेलुकाको खाना हल्का खानुपर्छ । खाना खाएपछि केही बेर हिँड्नुपर्छ ।
२.माइग्रेन
खाना छोड्दा माइग्रेनका लक्षणहरू बढ्न सक्छन् । समयमा पोषण नपाउँदा रगतमा चिनीको स्तर घट्छ र टाउको दुखाइ बढ्न सक्छ । नियमित र सन्तुलित खानाले माइग्रेन नियन्त्रणमा सहयोग गर्छ ।
३.हृदय रोग
शारीरिक निस्क्रियता रोग लाग्ने ठूलो कारण हो । नियमित व्यायाम नगर्दा मोटोपन, उच्च रक्तचाप र कोलेस्टेरल बढ्छ । दैनिक कम्तीमा ३० मिनेट हल्का वा मध्यम व्यायाम गर्नुपर्छ । हिँड्न पनि सकिन्छ ।
४.अस्टियोपोरोसिस
पूर्णरूपमा घामबाट वञ्चित हुनाले जसले हड्डीहरू कमजोर बनाउँछ । बिहानको प्रारम्भिक घाममा १५ मिनेट बिताउने र क्याल्सियमयुक्त खाद्य पदार्थहरूलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।
५.ग्यास्ट्राइटिस
धेरै छिटो खाना खाँदा पेटको सुरक्षात्मक तहमा असर पर्छ, जसले जलन र ग्यास निम्त्याउछ । खानालाई बिस्तारै र राम्ररी चपाएर खानुपर्छ ।
६.एसिड रिफ्लक्स
खाना खाएको तुरुन्तै सुत्दा पेटको अम्ल खाना नलीमा फर्कन सक्छ । खाना खाएपछि कम्तीमा २ घण्टासम्म सक्रिय रहनुपर्छ । रातमा हल्का र कम मसालेदार खाना खानुपर्छ ।
७.पेटको समस्या
पर्याप्त पानी नपिउँदा कब्जियत र एसिडिटी जस्ता समस्याहरू हुन सक्छन् । दिनभरमा कम्तीमा ८–१० गिलास पानी पिउनुपर्छ । ता कि पाचन प्रक्रिया ठिक रहोस् र उत्सर्जन सजिलोसँग होस् ।
८.कलेजो रोग
अत्यधिक तेल–मसला र प्रशोधित खानाले कलेजोमा अतिरिक्त बोझ पर्छ । यस्ता खानाबाट बच्नुपर्छ । दैनिक खानामा ताजा फलफूल र तरकारीलाई प्राथमिकता दिनुपर्छ ।
९.डिमेन्सिया
मानसिक निस्क्रियता र लामो समयसम्म टेलिभिजन हेर्नाले दिमागको कार्यक्षमतामा नकारात्मक असर पर्छ । त्यसैले दैनिक केही नयाँ कुरा सिकेर दिमागी कसरत गर्नुपर्छ ।
१०.अनिद्रा
विशेष गरी सुत्नुअघि स्क्रिनको अत्यधिक प्रयोगले निद्रालाई असर गर्छ । सुत्नुभन्दा कम्तीमा १ घण्टा अगाडि मोबाइल र टेलिभिजनको प्रयोग बन्द गर्नुपर्छ । निद्राको नियमित समय तय गर्नुपर्छ ।
११.चिन्ता
लगातार सामाजिक सञ्जालमा समय बिताउँदा मानसिक तनाव बढ्न सक्छ । सामाजिक सञ्जालको प्रयोग सीमित गर्नुपर्छ । ध्यान, योग र विश्राम प्रविधिहरूलाई आफ्नो दैनिक जीवनमा समावेश गर्नुपर्छ ।
१२.उच्च रक्तचाप
नुनको अत्यधिक सेवनले रक्तचाप बढ्न सक्छ । अतिरिक्त नुनले शरीरमा पानी रोकिन्छ, जसले हृदयमा दबाब बढाउँछ । त्यसैले नुनको मात्रा बढी भएका प्रशोधित र फास्ट फुड खानबाट बच्नुपर्छ र दैनिक कुल ६ ग्रामभन्दा बढी नुनको सेवन गर्नु हुँदैन । खानामा माथिबाट नुन छर्कने बानी पनि छोड्नुपर्छ ।
१३.एनिमिया
धेरैले खाना खाएको तुरुन्तै चिया पिउँछन्, तर यसले शरीरमा फलामको अवशोषणमा बाधा पुग्छ । त्यसैले चियालाई खाना खानुभन्दा कम्तीमा १ घण्टा अगाडि वा १ घण्टा पछाडि पिउनुपर्छ । आहारमा हरियो तरकारी, दाल र फलामयुक्त खाद्य पदार्थहरूलाई प्राथमिकता दिनुपर्छ ।
प्रतिक्रिया 4