
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले असोज १ गते शोक दिवस मनाउन सार्वजनिक विदा दिएपछि सेयर बजार बिहीबारदेखि मात्र खुल्ने भएको छ।
- सेयर बजार २४ गतेदेखि प्रदर्शनका कारण बन्द छ र मुख्य कारोबार २३ गते भएको थियो।
- भूकम्प र कोरोना महामारीका बेला पनि सेयर बजार क्रमशः एक महिना र तीन महिना बन्द गरिएको थियो।
३१ भदौ, काठमाडौं । बुधबार सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजार बिहीबारदेखि मात्रै खुल्ने भएको छ ।
यसअघि बुधबारदेखि नै बजार खोल्ने तयारी गरिए पनि प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउनका लागि सरकारले सार्वजनिक विदा दिएसँगै बिहीबारदेखि खोल्ने सूचना नेप्सेले सार्वजनिक गरेको छ । साबिककै पूरा समय बजार सञ्चालन हुनेछ ।
प्रदर्शनका कारण २४ गतेदेखि सेयर बजार बन्द छ । यद्यपि मुख्य दिन २३ गते कारोबार भएको थियो ।
विगतका वर्षमा पनि ठूला संकटका बेला सेयर बजार बन्द हुँदै आएको छ । भूकम्पका कारण एक महिना र कोरोना महामारीका बेला करिब ३ महिना सेयर बजार बन्द गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4