Comments Add Comment

रेसेपीः बच्चाको खाजा गाजरको हलुवा

यस्तो छ बनाउने विधी

छोराछोरीलाई स्कुलमा के खाजा पठाइदिने ? विहान गृहणीलाई यहि प्रश्नले घेरा हाल्छ । सधै एकैनासको खाजा बच्चाले मन पराउँदैनन्, स्वास्थ्यका लागि राम्रो पनि हुँदैन । बच्चाको खाजा स्वस्थ्य र सन्तुलित त हुनुपर्छ नै, स्वादिलो पनि । अतः यहाँ बच्चाको लागि स्वादिलो गाजरको हलुवा पकाउने विधी सिकाइएको छ ।

गाजरको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । हेर्दा राम्रो पनि देखिन्छ । त्यसैले बच्चाको खाजामा गाजरको हलुवा किन नबनाउने ?

 

सामग्री

–   गाजर (कोरेसोले कोरेको २ कप गाजर)

–   दुध (३७५ मिलीलिटर)

–   घिउ (डेढ ठूलो चम्चा)

–   शख्खर

–   काजु (५ वटा टुक्रा गरिएको)

–   ५ बदाम

–   ८ किसमिस

–   थोरै सुकुमेल पाउडर

कसरी बनाउने ?

१. एक बाक्लो कराहीमा मध्यम आँचमा घिउ तताउने । त्यसमा कोरेसोले कोरेको गाजर हाल्ने । तीन चार मिनट लगातार चलाउँदै भुट्ने ।

२. त्यसमा दुध मिसाउने र मध्यम आँचमा विस्तारै उमाल्ने ।

३. जब मिश्रण उम्लन थाल्छ, त्यो बिस्तारै गाढा हुँदै जान्छ । यसबीचमा बेलाबेला चम्चाले चलाइरहनुपर्छ ।

४. जब गाजर र दुधको हलुवा बन्छ, त्यसमा थोरै चिनी, किसमिस, काजु हाल्ने र चलाउने ।

५. त्यसमाथि सुकुमेलको पाउडर हालेर चलाउने । यसरी गाजरको हलुवा तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment