Comments Add Comment

देउपुर नगरपालिकाका किसानलाई धान गोड्ने मेसिन

१७ वैशाख, धुलिखेल । जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले मण्डन देउपुर नगरपालिकाका किसानलाई धान गोड्न सहज बनाउन झार काट्ने १० वटा मेसिन (रोटेटरी बिडर) वितरण गरेको छ ।

कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले मेसिनबाट धान गोड्दा कम लागत लाग्ने र धान फल्नमा समेत टेवा पुग्ने बताए । चैतेधान क्षेत्र विकास कार्यक्रमअन्तर्गत किसानलाई धानखेतीमा प्रोत्साहित गर्न ती मेसिन वितरण गरेको हो ।

जिल्लाभरि चैतेधानको खेतीमा वृद्धि र विकासका लागि एक हजार हेक्टर जमिनमा धानखेती गर्न किसानलाई सहयोग गर्न लागिएको जिसीले बताए । कार्यक्रम लागू भएको ठाउँमा एकजना किसानले १० रोपनी जग्गामा चैतेधान खेती गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment