Comments Add Comment

कांग्रेस आन्तरिक छलफलमा, संविधान संशोधन र चुनाव मुख्य एजेण्डा

१७ बैशाख, काठमाडौं । संविधान संशोधन र आगामी निर्वाचनको विषयमा छलफल गर्न कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

संविधान संशोधन गर्न नदिने एमालेको भनाई र संशोधन नभइ चुनावमा नजाने मधेस केन्द्रित दलहरुको अडानका बेला राजनीतिक निकासको खोजीमा कांग्रेस नेताहरु जुटेका हुन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार बिहान पार्टीका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा स्थानीय तह चुनावको उम्मेदवार छनौट, संविधान संशोधन र संसद बैठकमा पार्टीको भूमिकाबारे छलफल भएको कांग्रेसका एक नेताले बताए ।

सत्ता साझेदार कांग्रेसका शीर्ष नेताहरुले संसदको गतिरोध हटाउने र संविधान संशोधन गर्ने विषयमा शनिबार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । तर, ओलीले संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको अवरोध नखुल्ने जवाफ दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment