Comments Add Comment

सुरुङ्गामा आगलागी, ५० लाखको क्षति

१७ बैशाख, झापा । झापामा विद्युत् सर्ट भई आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आइतबार दिउँसो कनकाई नगरपालिका-३,सुरुङ्गामा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

प्रहरीका अनुसार स्थानीय लक्ष्मी भेटवालको घरमा आगलागी हुँदा घरसहित भित्र रहेका लत्ताकपडा, खाद्यान्न, ५ तोला सुन, नगद ६० हजार रुपैयाँ लगायत जलेेर नष्ट भएको छ ।

‘दिउँसो घरमा कोही नभएको बेलामा आगलागी भएको हो’, स्थानीय शिक्षक दिपक भट्टराईले भने,’छिमेकीहरुले देखेर प्रहरी र दमकललाई खबर गरेका थिए । तर, दमकल आउँदा ढिला भइसकेको थियो ।’

आगोलाई म्यादी प्रहरी, बिर्तामोड र मेचीनगर नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment