Comments Add Comment

नेपालोना फुटबल कपको उपाधि डायरभल्बसलाई

बार्सिलोना । स्पेनको बार्सिलोनामा बसोबास गरिरहेका नेपालीहरुबीचको प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता ‘नेपालोना फुटबल कप २०१७’ को उपाधि डायरवल्भस टिमले जितेको छ ।

फाइनलमा गोर्खाजलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै डायरवल्भसले नगद ३ सय ३ युरो नगद पुरस्कार जितेको हो ।

स्पेनको नेपाली समुदाय माझ नेपालोना इभेन्टले सोमबार बार्सिलोना आयोजना गरेको प्रतियोगिताको उपबिजेता गोर्खाजले २ सय २ युरो नगद सहित ट्रफी र मेडल हात पारेको छ ।

यस्तै सुजुरन ब्वाइज र टिम माउन्ट एभरेष्टले सेमिफाइनल सम्मको यात्रा तय गरे । बिजेता डायरवल्भसका खेलाडीहरु प्रशान्त पाण्डे उत्कृष्ट खेलाडी र सबिन बस्नेत उत्कृष्ट गोलकिपर चुनिए ।

प्रतियोगितामा माउन्ट एभरेष्ट, सुजुरन ब्वाईज, डायरवल्भस, गोर्खाज, एनआरएनए स्पेन, जनसम्पर्क समिति स्पेन, प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेन गरी आठ टोलीले भाग लिएका थिए । बालबालिका र महिलाहरुबीच पनि छुट्टा छुट्टै मैत्री पूर्ण खेल सम्पन्न भएको थियो ।

नेपालोना इभेन्टका साइग्रेसले प्रतियोगिता आफूहरुले सोचे अनुरुप प्रतियोगिता उत्साहपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया दिए । आयोजक मध्येका सुरेश शर्मा र शाङ्गे शेर्पाले नेपाली समुदायको बाक्लो उपस्थितिका साथै सहयोग र सद्भभाव मिलेको भन्दै खुशी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment