Comments Add Comment

‘लाल्टिन’मा हट प्रियंका, डन बन्न दिमाग लगाउँदै दयाहाङ


नायक दयाहाङ राई, नायिका प्रियंका कार्कीको साथमा शिशिर भण्डारी, मेलिना मानन्धर, राज कटुवाल, निर्जन थापाको मुख्य भूमिका रहेको चलचित्र ‘लाल्टिन’को ट्रेलर सार्वजनिक भएको छ । जेठ २६ गतेबाट रिलिज हुने यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा नायिका केकी अधिकारी, ए गुरुङ लगायतका कलाकारको विशेष भूमिका छ । विनोद ढकाल, किरण माइकल, डिजराज पौडेलको संगीत चलचित्रमा छ ।

भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ । मनोजराज भण्डारी, दीपक श्रेष्ठ यो चलचित्रका सह-निर्माता हुन् । चलचित्रमा हरि घलेको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन चलचित्रमा छ ।चलचित्रको ट्रेलरमा ‘डन’ बन्न संघर्ष गर्ने दयाहाङ, बार गर्ल प्रियंकाको कथा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment