Comments Add Comment

माघे संक्रान्तिको बिदा खाने केकी र नाजिरको तयारी


नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई मुख्य भूमिकामा लिएर निर्माण गरिएको चलचित्र ‘राज्जा रानी’को प्रदर्शन मिति तय गरिएको छ । पुस २८ गते यो चलचित्र प्रदर्शन हुनेछ । काठमाण्डौ बाहिर एफडी कम्पनीले चलचित्रको वितरण गर्नेछ । सामाजिक कथामा निर्माण भएको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।

निर्माता रमेश एमके पौडेल र एफडी प्रमुख नरेन्द्र महर्जनले पौष २८ गते चलचित्र रिलिज गर्नेगरि संझौता गरेका हुन् । केकी, नाजिरसँगै चलचित्रमा कामेश्वर चौरासिया मुख्य भूमिकामा देखिनेछन् । नायिका रेखा थापाको विशेष भूमिका चलचित्रमा देखिदैछन् । यो चलचित्रले पश्चिम तराइस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ ।

चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment