Comments Add Comment

रुचाइयो पल र पूजाको प्रेमकथा


अधिकांश सकारात्मक प्रतिक्रियाका साथ नायक पल शाह र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’मा समावेश ‘भन्छु आज’ बोलको गीतलाई दर्शकले रुचाएका छन् ।
युटुबमा सार्वजनिक भएको ५ दिनमा यो गीतको भिडियोलाई १० लाख पटक हेरिएको छ ।

अहिले, कुनै पनि भिडियोको सफलता युटुबको भ्यूको आधारमा मापन गर्ने गरिनन्छ । सुगम पोखरेल र अन्जु पन्तको आवाजमा समावेश यो गीतमा अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द छ ।

१६ हजार भन्दा बढी लाइक, २६ सय भन्दा बढी कमेन्ट यो भिडियोमा आएको छ । संजय लामाले खिचेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्देशक तथा निर्माता थापाले भने–‘हामीले सार्वजनिक गरेको चलचित्रको पहिलो गीतलाई नै दर्शकले यती धेरै रुचाइदिनुभयो । अझ, यो भन्दा उत्कृष्ट गीतसंगीत हामी क्रमशः सार्वजनिक गर्नेछौ ।’

असार ३० गतेबाट देशभरका हलमा रिलिज हुन लागेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment