Comments Add Comment

केपी ओलीले कार्यकर्तालाई भने- कम खानुस्, चुनावमा खट्नुस्

२५ बैशाख, ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम खाएर र कम आराम गरेर भए पनि चुनावमा खट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार ललितपुरको लगनटोलमा आयोजित एक कार्यक्रममा ओलीले सो आग्रह गरेका हुन् ।

‘कम खाएर र कम आराम गरेर भएपनि स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुस्,’ ओलीले भने ।

उनले उम्मेदवारीका विषयलाई लिएर असन्तुष्टि व्यक्त नगर्न पनि निर्देशन दिए । सबै कार्यकर्ता एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकामा एमाले मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले आफ्ना चुनावी एजेण्डाबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment