Comments Add Comment

मुक्त हलियाले नै रकम दुरुपयोग गर्दा पुनस्र्थापनामा कठिनाइ

२७ वैशाख, डडेल्धुरा । विगत लामो समयदेखि हलिया पुनस्र्थापना कार्यक्रम लागू गरिएको भएपनि कार्यक्रम हलियाकै कारण प्रभावकारी हुन नसकेको हलिया मुक्ति समाज महासङ्घका अध्यक्ष राजुराम भुलले बताएका छन् ।

जिल्लास्थित हलियाको क्षेत्रमा काम गर्ने संस्था र पत्रकारको संयुक्त अनुगमनले हलियाले रकम दुरुपयोग गरेको तथ्यांक सार्वजनिक गरेको मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा गरेको अनुगमनले हलियाले नै सो रकम दुरुपयोग गरेको भेटिएको हो । जिल्लाको अजयमेरु गाउँपालिका–४ को चिपुर, अमरगढी नगरपालिका बुडाली, बगरकोटलगायत ठाउँका हलियाले सो रकम दुरुपयोग गरेको राजाराम भुलको भनाइ छ । कतिपयले आफ्नो राम्रै घर व्यवस्था गरेर बसेका भएपनि केही हलियाले भने रकमको दुरुपयोग गरेको अध्यक्षले जनाएका छन् ।

मालपोत कार्यालय, डडेल्धुराले मुक्त हलिया पुनस्र्थापनाका लागि विभिन्न शीर्षकमा रकम उपलब्ध गराए पनि मुक्त हलियाले जग्गा खरिद, घर मर्मत र घर निर्माण नगरेको पाइएको मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले बताए।

पुनस्र्थापनाका लागि प्राप्त रकम करिब १२ जना मुक्त हलियाले छोरा–छोरीको बिहे, बिरामी खर्च, रोजगारीका लागि भारतलगायत अन्य तेस्रो मुलुक जाँदा भाडामा खर्च गरेको पाइएको अध्यक्ष सार्कीको भनाइ छ । चिपुर, बगरकोट र बुडालीका करिब १२ जना हलियाले सो रकम दुरुपयोग गरेका खुल्न आएको हो ।

डडेल्धुरामा १६३ जनालाई यो आर्थिक वर्षभित्रै पुनस्र्थापना गरिने मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ । मुक्त हलियाको आफ्नै घर र जग्गा होस् भन्ने हामी चाहन्छाैं तर उनीहरुले भने पाएको रकम पनि सदुपयोग नगरी अन्य काममा खर्च गरेर महासङ्घलाई अप्ठ्यारोमा पारिरहेको महासङ्घका अध्यक्ष राजुरामको गुनासो रहेको छ ।

यो आवमा १०५ जना मुक्त हलिया पुनस्र्थापना गर्ने लक्ष्य रहेको छ । यस वर्ष मुक्त हलिया पुनस्र्थापनाका लागि भन्दै २३ को घर निर्माण, ७२ लाई घर मर्मत र ६८ जनालाई जग्गा खरिदका लागि सम्झौता गरिएको छ ।

भूमिसुधार मन्त्रालयअन्तर्गत जिल्ला मालपोत कार्यालयले मुक्त हलियाको नाममा बैंकमार्फत दिने रकममध्ये घर निर्माणका लागितीन लाख २५ हजार, घर मर्मतका लागि  एक लाख २५ हजार र जग्गा खरिदका लागि  दुई लाख रकम प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment