Comments Add Comment

आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा प्रमुख दलले गरे हस्ताक्षर

 

२७ बैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

आयोगले बुधबार प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको हो । निर्वाचन आयोगले मतदान र मत गणनाको समयमा पनि आफ्ना कार्यकर्तालाई संयमित बनाउन आग्रह गरेको छ ।

कार्यक्रममा एमालेले दोलखा घटनाबारे आयोग र दलहरुको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोलखाका स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पुरा नगरेको बताए ।

उनले आचार संहिता पालना गर्ने प्रतिवद्धता यो देखाउन मात्र नहोस्, व्यवहारमा होस् भनेका छन् ।

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारमा बसेकै पार्टी माओवादीले आतंक मच्चाउने काम गरेको आरोप लगाए ।

साथै सरकारले चुनावलाई प्रभावित पार्ने गरी निर्णयहरु गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ दलहरुको प्रतिबद्धता 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment