Comments Add Comment

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै निजी हस्पीटलको उद्घाटन

२७ बैशाख,विराटनगर । सरकारी स्रोतसाधानको दुरुपयोग गर्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले मोरङको रंगेली नगरपालिकास्थित सिद्धार्थ टाइम्स हस्पिटल प्रालिको उद्घाटन गरेका छन् ।

स्थानीय विक्रम मण्डल लगायतको लगानीमा सञ्चालनमा ल्याइएको सिद्धार्थ टाइम्स हस्पिटलको स्वास्थ्य राज्यमन्त्री गुरुङ्गले रिबन काटेर उद्घाटन गरेका थिए ।

निर्वाचन आचारसंहिताले बहालवाला मन्त्रीलाई सरकारी एवम् निजी कुनै संरचनाको उद्घाटन गर्न नपाइने उल्लेख छ ।

पहिला सिद्धार्थ टाइम्स हस्पीटलको उद्घाटनपछि उनी जिल्ला अस्पताल रंगेली पुगेका थिए । अस्पताल उद्घाटपछि उनले भाषण समेत गरेका थिए ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्त भट्टराईले बहालवाला मन्त्रीलाई जिल्ला सदरमुकामसम्म जान अनुमति प्रदान गरेपनि जिल्ला बाहिर जानसमेत अनुमति नरहेको प्रष्ट पारे ।

बहालवाला मन्त्रीले निर्वाचन आचारसंहिता लागू भइसकेको अबस्थामा कुनै पनि निजी एव सरकारी कार्यालयको उद्घाटन एव भाषण गर्न बन्देज लगाएको जानकारी दिए ।

कार्यक्रममा सहभागी हुनपनि अनुमति लिनुपर्ने प्रावधान रहेको बताउँदै उनले सदरमुकाम विराटनगर बाहिर रंगेलीमा पुगेर अस्पतालको उद्घाटनमा सरिक हुन निर्वाचन आचारसंहिता अनुसार प्रावधानले नमिल्ने बताए ।

तर,  स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गका स्वकीय सचिव चक्र गुरूङले भने निर्वाचन आयोगसँग अनुमति लिएर मोरङको कार्यक्रममा सहभागी भएकाले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment