Comments Add Comment

जीप दूर्घटनामा एकको मृत्यु

२८ वैशाख,गुल्मी । गुल्मीको सदरमुकाम तम्घासदेखि ईस्मा गाउँपालिकातर्फ जाँदै गरेको जीप विहीवार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लु १ च ६६८४ नम्बरको उक्त जीप सोही गाउँपालिका-४ को दोहोलीमा दुर्घटना हुँदा सोही ठाउँका ४० वर्षीय कल्पना गन्र्धवको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए ।

दुर्घटनामा परी बाबुराम गन्धर्ब, हुमकला बि.क., रुबी सुनार र सरस्वती अर्याल घाईते भएका छन् । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप सडकबाट एक सय ५० मिटर तल खसेको ट्राफिक प्रमुख श्रेष्ठले बताए ।

अनिल खत्री 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment