Comments Add Comment

कलाकार क्षेत्रीलाई बेलायतबाट दुई लाख पचास हजार सहयाेग

कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएका छन । बेलायतबासी नेपाली चलचित्रका नायक ध्रुव दत्तको पहलमा यो रकम बेलायतमा संकलन गरिएको थियो ।

रकम बिहिबार क्षेत्रीकै निबासस्थान काठमाण्डौको डिल्लीबजारमा सन्चारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले सम्युक्त रूपमा हस्तान्तरण गरे ।

रकम हस्तान्तरण कार्यक्रममा प्रबासी नेपालीहरूको माया र साथ आफूले सधै पाएको कुरा बताउँदै कलाकार क्षेत्रीले बेलायतमा रकम संकलन गर्दिनु हुने अभिनेता दत्तलाई धन्यवाद दिनु भयो । अभिनेता दत्तले बरिष्ठ कलाकारलाई सहयोग गर्न पाउनुलाई बेलायतबासीहरूले धन्य ठानेको कुरा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment