Comments Add Comment

स्थानीय तहको संख्या बढाउने गृहकार्य गर्ने जिम्मा गच्छदारलाई

२९ बैशाख, काठमाडौं । सरकारले स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गर्न स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा समिति गठन गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिष्द् बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री गच्छदारको संयोजकत्वमा गठन गरेको समितिमा रक्षामन्त्री बालकृष्ण खाँड र कानूनमन्त्री अजयशंकर नायक समेत सदस्य छन् । समितिलाई स्थानीय तहको संख्या वृद्धि सम्बन्धमा अध्ययन गरी ५ दिनभित्र सुझावसहिते प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।

बैठकले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । संघीय संरचना अनुसार सेनालाई लैजान हाल कायम दरवन्दीमा नबढ्ने गरी संरचनागत परिर्वतन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत राखी ३४० जनालाई समायोजन गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment