Comments Add Comment

ललितपुरको महांकालमा एमालेका एक वडाध्यक्ष विजयी

१ जेठ, ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाको वडा नम्बर ६ साबिक ठूला दुर्लङ गाविसबाट अध्यक्ष पदमा एमालेका रामकृष्ण आचार्य बिजयी भएका छन् ।

आचार्यले ३६१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत प्राप्त गरेका छन् । सो वडाबाट चारओटै सदस्य पनि एमालेका बिजयी भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सिनाले बताए ।

गाउँपालिका प्रमुखमा भने सो वडाबाट स्वतन्त्र उम्मेदवार गणेशवहादुर केसीले अग्रता लिएका छन् । कांग्रेसका बागी उम्मेदवार केसीले ३१७ मतका साथ अग्रता लिँदा एमालेका रामचन्द्र दाहालले २५५ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी कमला तामाङले ३६६ मतसहित अग्रता लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment