Comments Add Comment

उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी

२ जेठ, ललितपुर । राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको छ । ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो ।

महांकाल गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २ हजार ८० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमसेन घिमिरेले १ हजार ७ सय २२ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भइन् । उनले २ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला अधिकारीले १ हजार ३ सय ९९ मत प्राप्त गरेकी छन् ।

महांकाल गाउँपालिकाको ६ वडामध्ये ४ वडामा एमाले उम्मेदवार विजयी भएका छन् भने बाँकी १/१ वडामा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गोटिखेल, ठूलादुर्लुङ, कालेश्वर र मानिखेलमा एमालेले वडाध्यक्ष जितेको छ भने बुखेलमा माओवादी र चन्दनपुरमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment