Comments Add Comment

दलहरुले नटेरेपछि चुनाव प्रचार सामग्री हटाउँदै प्रहरी

२ पुस, गोरखा । निर्वाचनको समयमा गोरखाको बिभिन्न ठाउँमा टाँगिएका चुनावी प्रचार सामग्री हटाउन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्वमा सामग्री हटाउन सुरु गरिएको हो ।

निर्वाचन सम्पन्न भइसकेपनि दलहरुले टाँगेका चुनावी प्रचार सामग्री नहटाएपछि प्रहरीले अभियान संचालन गरेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । ‘चुनाव सकियो तर पनि पर्चा पम्प्लेट जस्ता दलहरुको प्रचार सामग्री अझै ठाउँठाउँमा छन्,’ एसपी अधिकारीले भने, ‘दलहरुलाइ आग्रह गर्दा हटेन अनि हामीले हटाउन सुरु गरेका हौ ।’

अहिले बजार क्षेत्रको सामग्री हटाउने काम भइरहेको र त्यस लगतै गाउँको पनि हटाउने काम सुरु हुने एसपी अधिकारीको भनाइ छ ।

केही दिन अघि बसेको सुरक्षा समितिको बैठकले जिल्लामा टाँगिएका दलका प्रचार सामग्री हटाउने निर्णय गरेको थियो । ‘प्रचार सामा्री हटाउने निर्णय गरेर दलहरुलाई आग्रह पनि गर्‍यौ तर नहटेपछि हामी आफैले सुरु गरेका हौ,’ प्रमुख जिल्ला अधिकारी जितेन्ऽ बस्नेतले भने, ‘भित्तामा गरिएको पेन्टलाई पनि हामी मेटाउछौ ।’

जिल्लाको सरसफाइका लागि प्रचार सामग्री हटाउने अभियान संचालन गरिएको प्रजिअ बस्नेतले बताए ।

त्यस्तै गोरखा नगर क्षेत्रलाई स्वच्छ र सफा राख्ने उदेश्यका साथ प्रहरीले सरसफाइ समेत गरेको छ । डीएसपी भेषराज रिजालको नेतृत्वको प्रहरी टोलीले नगर क्षेत्रको सरसफाइ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment