Comments Add Comment

प्रदेश ४ को समानुपातिक सिटः एमालेलाई १०, नयाँ शक्ति र जनमोर्चालाई एकएक

२९ मंसिर, काठमाडौं । प्रदेश ४ को समानुपातिकमा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले एकएक सिट पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश चारका सबै जिल्लाको समानुपातिक तर्फको मतगणना सकिएको छ । एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ भने कांग्रेसले ३ लाख ६४हजार ७९७ र माओवादीले १ लाख १९ हजार ५२८ मत पाएको छ ।

नयाँ शक्ति पार्टीले २४ हजार ६२५ र जनमोर्चाले १९ हजार २७६ मत पाएको छ ।

प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्ड छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले समानुपातिकमा सिट पाउँदैनन् ।

यसरी हेर्दा प्रदेश ४ को समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै १० सिट पाउने छ । कांग्रेसले ९, माओवादीले ३ सिट पाउने छ भने नयाँ शक्ति र जनमोर्चाले एकएक सिट पाउनेछन् ।

यो सिट विभाजन निर्वाचन आयोगले उपलब्ध गराएको मतलाई सेन्ट लग विधिबाट निकालिएको छ । आयोगले औपचारिक रुपमा भने कुन दलले कति सिट पायो भनेर घोषणा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment