
११ साउन, काठमाडौं । अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते भएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरुको मुनसन मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।
एक व्यक्तिले स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । सो घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले चक्कु आक्रमण गर्नुको कारण खुलेको छैन । मिसिगन राज्य प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
वालमार्टले विज्ञप्ति जारी गर्दै घटनामा दु:ख व्यक्त गरेको छ र अनुसन्धानमा प्रहरीलाई सघाउने बचन दिएको छ ।
सो घटनापछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । र, स्थानीयलाई भिडभाडयुक्त क्षेत्रमा नजान भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4