Comments Add Comment

जुम्लाको पातारासी गाउँपालिकामा कांग्रेसले जित्यो


२ जेठ, काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मण बोहरा विजयी बनेका छन् । बोहरा २ हजार ३११ मतका साथ विजयी बनेका हुन् ।

बोहराका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गौरी बुढाले १ हजार ९२२ मत पाए ।

उपप्रमुखमा पनि कांग्रेसकै पुण्यकली महतरा २ हजार ७ मतका साथ विजयी बनेकी छन् । उनी माओवादी केन्द्रकी जयमाया रोकायालाई १ सय १२ मत अन्तरले पराजित गर्दै जित दर्ता गराउन सफल भएकी हुन् । रोकायाले १ हजार ८५५ मत पाइन् ।

गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारको पल्लाभारी भए पनि ७ वडा रहेको यो गाउँपालिकामा मिश्रित परिणाम आएको छ ।

पातारासी गाउँपालिकाका निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार वडा नम्बर २, ३ र ४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने ५ र ६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । ७ नम्बर वडामा भने नेकपा एमाले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment