Comments Add Comment

काठमाडौंमा एमालेको विजयी सुरुवात, सुवर्ण श्रेष्ठ बने शंखरापुरको मेयर

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका सहित ११ नगरपालिकाहरुमध्ये शंखरापुर नगरपालिकाबाट एमालेले आफ्नो बिजय शुरु गरेको छ । स्थानीय चुनावको नतिजा निकाल्न पनि शंखरापुर पहिलो बनेको छ ।

शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ ४८३३ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले २९५० मत प्राप्त गरेका छन् । माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरि तेस्रो स्थानमा रहे ।

त्यस्तै उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ ४५०१ मत प्राप्त गरी विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment