Comments Add Comment

धादिङको गंगा–जमुनामा गाउँपालिकामा एमाले विजयी

४ जेठ, धादिङ । धादिङको गंगा–जमुना गाउँपालिकामा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार बलबहादुर अधिकारी अध्यक्ष र एन्जिला तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।

बलबहादुरले ३ हजार ३ सय ५६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत ल्याए ।

उपाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार एन्जिला तामाङले जितिन् । तामाङले ३ हजार ४ सय २२ मत ल्याएर जित दर्ता गराउँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दुर्गा दाहालले ३ हजार १ सय २८ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment