Comments Add Comment

सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा एमाले विजयी, उपमेयरमा माओवादी

४ जेठ, सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पुन विजयी भएका छन् ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीलाई ९३ मतले पराजित गर्दै पुन मेयर बनेका हुन् । पुनले ५ हजार ७७ मत पाएका छन् भने बुढाथोकीले ४ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने माओवादी केन्द्रकी मञ्जु यरी विजयी भएकी छन् । उनले ४ हजार ८ सय ६२ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेन्द्र विष्ट ४ हजार ४ सय ५६ मत ल्याउँदै पराजित भए ।

बनगाड कुपिण्डे नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस र एमालेबीच चुनावी तालमेल थियो । कुल मतदाता १६ हजार ३ सय १५ रहेको यो नगरपालिकामा १२ हजार १ सय ७ मत खसेको थियो ।

सल्यानका १० स्थानीय तहमध्ये अहिलेसम्म एमालेले ४ तहमा जितेको छ भने माओवादी केन्द्र र कांग्रेसले २/२ स्थानीय तहमा जित हात पारेका छन् ।

१२ वटा वडा रहेको नगरपालिकामा वडातर्फ भने माओवादी केन्द्रले ७ वडामा तथा एमालेले ५ वडामा जितेको छ । माओवादी केन्द्रले वडा नम्बर २, ३, ४, ५, ८, ९ र ११ मा जितेको छ भने एमालेले १, ७, १० र १२ मा जित हात पारेको छ । वडा नम्बर ६ मा भने कांग्रेस विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment