स्क्रब टाइफस परीक्षण गर्नेको भिड
१६ असोज, सुर्खेत । सल्यानमा स्क्रब टाइफसको संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
छत्रेश्वरी गाउँपालिका–२, दहखोलाकी ५१ वर्षीया नन्दा घर्तीको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएपछि जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या नौ पुगेको हो ।
उनको श्रीनगरमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । त्यहाँ उपचारकै क्रममा मृत्यु भएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिए ।
यसअघि दार्मा गाउँपालिकाका मात्रै आठ जनाको स्क्रब टाइफसबाट मृत्यु भएको थियो ।
सुरुमा दार्मामा फैलिएको संक्रमण आठ स्थानीय तहमा फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4