Comments Add Comment

सल्यानको कुमाखमालिका-३ र ५ मा माओवादीको प्यानल विजयी

४ जेठ, सल्यान । सल्यानको कुमाखमालिका गाउँपालिका वडा नं. ५ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हरिहर बुढाथोकी ७८८ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृतबहादुर शाहले २२९ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्कबहादुर बोहराले १८० मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा शारदा पुन, दलित महिला सदस्यमा भद्री परियार र खुला सदस्यहरुमा पदम बुढा र शशीप्रकाश थापा विजयी भएका छन् ।

वडा नं. ३ मा पनि माओवादीकै प्यानल 

कुमाखमालिका गाउँपालिका वडा नं. ३ मा पनि माओवादी केन्द्रकै प्यानल विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार चित्रबहादुर बुढाथोकी ५९६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कुमार रानाले ४४३ र एमालेका लालबहादुर रावतले ४२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा सदस्यहरुमा पनि माओवादी केन्द्रकै विजयी भएका छन् ।

गाउँपालिकामा माओवादी केन्द्रकै अग्रता

गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६ र ७ को मतगणना भइसकेको छ । अहिले वडा नं. ४ को मतगणना भइरहेको छ ।

छवटा वडाको मतगणना भइसक्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरुले दोब्बर मतले अग्रता लिइरहेका छन् ।

जसमा माओवादी केन्द्र अध्यक्षका उम्मेदवार दिलमाया बुढामगरले २ हजार ५ सय १२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष डिल्लीराज जैशीले २ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार विवेकसिंह राठौरले १ हजार २ सय ९५ र उपाध्यक्षका उम्मेदवार उर्मिला रानाले १ हजार २ सय ९५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भैरवबहादुर शाहले १ हजार २ सय ५७ मत र उपाध्यक्षका उम्मेदवार शान्ति चन्दले १ हजार २ सय १४ मत प्राप्त गरेका छन् ।

कुल १२ हजार १ सय ९३ मतदाता रहेको कुमाखमालिका गाउँपालिकामा ८ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment