Comments Add Comment

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय आयोजना प्राथमिकतामा

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

७ जेठ, काठमाडौं । सरकारले संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने कार्यभारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारेको छ । आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका आयोजनाहरुलाई पनि प्राथमिकतामा राखिएको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नीति तथा कार्यक्रमलाई पारित गर्दै आजै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार राष्ट्रपतिसँगको परामर्शपछि संसदमा नीति तथा कार्यक्रम पेश गर्ने मिति तय हुने छ । नयाँ आर्थिक वर्षको बजेट पेश गर्नु अघि नै संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले जेठ १५ गते काम चलाउ बजेट पेश गर्ने तयारी गरेको छ । पूर्वसहमति अनुसार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेपछि नयाँ सरकारले पूर्ण बजेट ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment